चिनियाँ शैलीको आधुनिकीकरणद्वारा सम्पूर्ण रूपमा चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाइने: २० औँ महाधिवेशनको प्रतिवेदन
2022-10-17 15:21:10cri
Share with:

चीनको सत्तारूढ पार्टी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन १६ तारिख पैचिङमा शुरू भएको छ। कमरेड सी चिनफिङले पार्टी केन्द्रीय समितिको तर्फबाट महाधिवेशनसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

 

हालबाट चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यभार देशभरिका विभिन्न जातिका जनताको नेतृत्व गर्दै सम्पूर्ण रूपमा समाजवादी आधुनिक शक्तिशाली मुलुकको स्थापना गर्ने, दोस्रो शतवार्षिकी लक्ष्यलाई साकार तुल्याउने र चिनियाँ शैलीको आधुनिकीकरणद्वारा सम्पूर्ण रूपमा चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाइने भन्ने कुरा प्रतिवेदनमा उल्लेख छन्।

 

प्रतिवेदनमा सी चिनफिङले चिनियाँ शैलीको आधुनिकीकरण सम्बन्धी ५ वटा विशेषता प्रस्तुत गर्नुबाहेक चिनियाँ शैलीको आधुनिकीकरणको मूलभूत आग्रह पनि प्रस्तुत गर्नुभएको छ। यसका अतिरिक्त चिनियाँ कम्युनिष्ट पार्टीले चीनको विकासका लागि दोस्रो शतवार्षिकी लक्ष्य पनि स्थापना गरेको छ।