चीनले मानव जातिको साझा भाग्य समूदायको निर्माणका लागि प्रयास गर्ने
2022-10-18 10:15:40cri
Share with:


चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ तारिखदेखि पैचिङमा अवस्थित जन बृहत् सभा भवनमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रीय समितिको तर्फबाट सी चिन फिङले यस महाधिवेशनलाई सम्बोधन गर्दै चीनले स्थायी रुपमा विश्व शान्तिको संरक्षण गर्ने र साझा विकासलाई प्रवर्द्धन गर्ने कूटनीतिमा अडिग रहेर मानव जातिको साझा भाग्य समूदायको निर्माणका लागि प्रयास गर्ने बताउनुभएको छ।

 

चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनीतिको अटलताका साथ पालना गरी अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डको संरक्षण गर्दै विश्वका निष्पक्षता र न्यायको संरक्षण गर्दै आएको छ। कुनै पनि किसिमको प्रभुत्ववाद, शीत युद्ध सम्बन्धी विचार, अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गतिविधि तथा दोहोरो मापदण्डको दृढताका साथ चीनले विरोध गर्दैआएको भन्दै नेता सी चिन फिङले चीनले कहिल्यै कुनै देशमाथि आधिपत्य नजमाउने पनि दोहर्‍याउनुभयो।

 

नेता सी चिन फिङले चीनले शान्तिपूर्ण सहअस्तित्व सम्बन्धी पाँच सिद्धान्तको आधारमा नयाँ ढाँचे अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्न र विश्वव्यापी साझेदारी सम्बन्धको विस्तार गर्न प्रयास गर्ने पनि औँल्याउनुभयो।