हिउँदे पठारभूमिको उद्यमी
2022-10-18 09:05:52cri
Share with:

तानचङ तुनचु तिब्बती काउचङ निर्माण सामग्री कम्पनीका उप निर्देशक एवम् कार्य शिविरका प्रमुख हुनुहुन्छ। उक्त कम्पनी पूर्व ल्हासा सिमेन्ट कारखाना हो। यो सिमेन्ट कारखाना तिब्बतमा सबैभन्दा पहिलो अल्पसंख्यक उद्यमीको आधुनिक उद्योगमध्येको एक थियो। सन् १९६२देखि उक्त कारखानाबाट उत्पादन सुरू भएको थियो।

 

सन् २००० मा विद्यालयबाट स्नातक भएपछि तानचङ तुनचुले उक्त सिमेन्ट कारखानामा काम थाल्नुभएको थियो। हाल २२ वर्ष भइसक्यो। उहाँको जीवन तिब्बतको स्थानीय उद्योगको विकाससित घनिष्ट सम्बन्ध रहेको छ। गत वर्ष उहाँले चिनियाँ राष्ट्रिय वुयी श्रम पदक पाउनुभएको थियो।

 

काम गर्दा तानचङ तुनचुले मेशिनको अनुसन्धान गर्न मन पराउनुहुन्छ। उहाँले भन्नुभयो-

“सुरूमा कारखानाका गुरूसँग सिकेँ। अभिरूचि भएकोले म आफै पनि अनुसन्धान र सोचविचार गर्छु। मेशिनको सञ्चालनबारे अनुसन्धान गरेर डाटाको रेकर्ड तथा विश्लेषण गरेर अभ्यासबाट विज्ञान सिक्छु।”

 

यो चासोबाट तानचङ तुनचुले आफ्नो सपनालाई साकार गर्नुभयो। बीस वर्षमा उहाँको पद माथि उकासे तापनि उहाँ सधैँ मेरूदण्डको रूपमा हुनुहुन्छ।

 

सन् २०२० मा तानचङ तुनचुले प्रबन्ध-यन्त्र प्रणालीको सुधार गरेर कर्मचारीको श्रम तीव्रतालाई घटाउँदै सञ्चालन दर भने बढाउनुभयो। जसबाट एकातिर मेशिनको उत्पादन मात्रा धेरै बढेको छ भने अर्कोतिर सिमेन्टको उत्पादनमा विद्युतको उपयोग कम पारिएको छ। सन् २०२० मा विद्युत चार्जमा ७० लाख युआनभन्दा बढी बचत गरिएको थियो।

 

चीनका अरू प्रान्तको तुलनामा तिब्बतको उद्योग अलि पछाडि छ। त्यसैले कम्पनीले कर्मचारीहरूलाई अरू क्षेत्रमा सिक्न पठाउने गरेको छ। केही वर्षअघि शानतुङ प्रान्तको एउटा सिमेन्ट कारखानामा भ्रमण गर्दा तानचङ तुनचुले “हरित कारखाना” को अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले “हरित कारखाना” र पर्यावरणीय वातावरणको सुरक्षाबारे नयाँ जानकारी पाउनुभयो। त्यसैले उहाँले सक्रिय रूपमा सिमेन्टको उत्पादन प्रविधिको सुधारमा भाग लिनुभएको छ। जसकारण सन् २००८ देखि कारखानाले सिमेन्ट क्यालिनेसनबाट बाँकी ग्याँस र तापको प्रयोग गरेर विद्युतको उत्पन्न गर्नथालेको थियो। सन् २०१७ देखि कारखानाले अक्सिजन कम्बस्चन प्रविधिको प्रयोग गरेर शक्ति बचत गर्दैआएको छ।

 

“काउचङ तिब्बतको पहिलो सिमेन्ट उद्योग हो र चालू वर्ष ६०औँ वार्षिकोत्सव मनाएको छ।” तानचङ तुनचुले भन्नुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनका प्रतिनिधिको हैसियतमा उहाँले आफ्नो शिल्पद्वारा कम्पनीको अझै राम्ररी विकास गर्ने र पठारभूमिमा सिमेन्ट उद्योगको प्रविधिको राम्रोसँग विकास गर्ने आशा व्यक्त गर्नुभएको छ।