चीनले उच्चस्तरीय वैदेशिक खुलापनलाई कायम राख्दै जाने: सीपीसीको २० औँ महाधिवेशनको प्रतिवेदन
2022-10-18 10:48:40cri
Share with:

 

 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन १६ तारिखदेखि पैचिङ जन बृहत् सभा भवनमा शुरू भएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको तर्फबाट महाधिवेशनसमक्ष प्रतिवेदन प्रस्तुत गर्दै चीनले जोडतोडसँग उच्च गुणस्तरीय विकासलाई अघि बढाउनुका साथै उच्च स्तरीय वैदेशिक खुलापनलाई कायम राख्दै जाने कुरामा जोड दिनुभएको छ।

 

प्रतिवेदनमा भनिएको छ: हालदेखि चीनले सम्पूर्ण रूपमा समाजवादी आधुनिकीकरण मुलुकको निर्माण गर्ने नयाँ यात्राको आरम्भ गरेकाले उच्च गुणस्तरीय विकास नै प्राथमिक कार्यभार रहेको छ।

 

चीनले वैदेशिक खुलापन भन्ने आधारभूत राष्ट्रिय नीतिलाई कायम राख्नुका साथै दृढताका साथ आपसी हितयुक्त र साझा जीत हुने खुलस्त रणनीतिलाई अपनाउँदै जाने छ। चीनले निरन्तर रूपमा चीनको नयाँ विकासमार्फत विश्वका लागि नयाँ अवसर प्रदान गर्नुका साथै खुलस्त विश्व अर्थतन्त्रको निर्माण कार्यलाई अघि बढाएर विभिन्न देशका जनताका लागि अझ बढी हित कल्याण सिर्जना गर्दै जाने कुरा पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।