चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको कार्यप्रतिवेदनबाट आगामी दिनमा देश सञ्चालन गर्ने रणनीति प्रस्तुत गरिएको
2022-10-18 10:10:41cri
Share with:

अक्टुबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औ महाधिवेशन पैचिङमा शुरु भएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको छ।उक्त कार्यप्रतिवेदनमार्फत चिनियाँ कम्युनिष्ट पार्टीले भविष्यकालागि चीनको आर्थिक विकास, ग्रामिण क्षेत्रको पुनरूत्थान, वैदेशिक खुलापन, शिक्षा र चिकित्सा, पर्यावरणीय वातावरणको संरक्षण तथा एक मुलुक दुई व्यवस्था आदि विभिन्न क्षेत्रको शासन रणनीतिबारे राष्ट्राध्यक्ष सीले जानकारी दिनुभयो।

प्रतिवेदनमा विशेषतः थाइवान मामिलाको समाधान गर्नु चिनियाँहरूको आफ्नो मामिला भएकोले चिनियाँहरू आफैंले निर्णय गर्नुपर्ने उल्लेख छ। चीनले सक्दो प्रयास गरी शान्तिपूर्ण एकता गर्न खोजे तापनि सशस्त्र शक्तिको प्रयोगको अधिकारला नत्याग्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। उक्त सशस्त्र उपाय विदेशी हस्तक्षेपकारी शक्ति र थाइवान पृथकतावादी शक्तिप्रति लक्षित हुने तर थाइवान देशबन्धु लक्षित नहुने भन्दै राष्ट्राध्यक्ष सीले राष्ट्रको एकता, चीन राष्ट्रको पुनरूत्थान गर्ने सपना ला अवश्य पनि साकार तुल्याउने बताउनुभयो।