विश्वको नजर किन चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनमा?
2022-10-18 08:30:02cri
Share with:

अक्टोबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशन पैचिङमा शुरू भएको छ। भावी ५ वर्ष लगायत अझ लामो समयमा चीनको विकास खाका कोर्ने यस महाधिवेशनबाट १४० करोड चिनियाँहरू मात्र नभइ विश्वको नजरलाई पनि तानिरहेको छ।

प्राप्त जानकारी अनुसार, विश्वका ८० मुलुक तथा क्षेत्रका २१० संचारमाध्यमका लगभग २५०० पत्रकारहरूले सो महाधिवेशनको रिपोर्टिङ गरिरहेका छन। तीनमध्ये विदेशी पत्रकारहरूको संख्या ७५० छ। साथै धेरै मुलुकका राजनीतिज्ञहरूले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा विश्वका लागि बीसौं महाधिवेशनको अर्थ महत्वपूर्ण रहेको भन्दै यसलाई केन्द्रमा राख्नु भएको छ। इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले भन्नुभयोः चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशनबाट चिनियाँ जनताका लागि मात्र नभई क्षेत्रीय स्थिरता लगायत विश्वको शान्तिका लागि हितकर हुनेछ। जसबाट क्षेत्रीय समृद्धि तथा विश्वको हित-कल्याणका लागि योगदान दिइने छ। यो नै सबै मुलुकले देख्न लायक कुरा हो।

अन्तर्राष्ट्रिय समाजले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशनमा किन ध्यान राखिरहेको छ त?

सर्वप्रथम चिनियाँ चमत्कार आकर्षण बनेको छ। चिनियाँ बजारप्रति ठूलो अपेक्षा रहेको छ। तेस्रो कुरा चिनियाँ विचारले विश्वव्यापी मान्यता पाइरहेको छ।

शरद ऋतुको सुनौलो घडीमा चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन भव्यताका साथ शुरू भयो। चिनियाँहरूका लागि यस घडीबाट समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माणको नयाँ यात्रा शुरू भएको छ भने अन्तर्राष्ट्रिय समुदायका लागि विश्वको शान्ति तथा विकास लगायत मानवजातिको प्रगतिको लागि चीनको विकासले नयाँ विचार र जीवन्त शक्ति थप्ने अपेक्षा पनि रहेको छ।