सी चिनफिङः चिनियाँ शैलीमा आधुनिकीकरण चीनको वास्तविक अवस्था
2022-10-18 08:35:29cri
Share with:

चीनका सर्वोच्च नेता सी चिनफिङले अक्टोबर १७ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशनमा क्वाङ्सी च्वाङ जातीय स्वायत्त प्रदेशीय प्रतिनिधि मण्डलसँगको छलफलमा जोड दिँदै भन्नुभयोः चिनियाँ शैलीमा आधुनिकीकरण चीनको वास्तविक अवस्थासँग मेल खाएको छ। यस्तो आधुनिकिकरणले चिनियाँ राष्ट्रको महान पुनरूत्थान कार्यभारलाई साकार तुल्याउनुपर्छ।

क्वाङ्सी प्रतिनिधि मण्डलका ५ जना प्रतिनिधिको सम्बोधन सुन्नुभएपछि सीले भन्नुभयोः नयाँ युगमा प्रवेश भएपछि चिनियाँ कम्युनिष्ट पार्टीले समाजवादी आधुनिकीकरण देश निर्माण सम्बन्धी बुझाइ गहन बन्दै रणनीतिक रूपमा परिपक्व गइरहेको छ र जसबाट चिनियाँ शैलीको आधुनिकीकरणलाई सफलताका साथ विस्तारित तथा विकसित गरिएको छ। एकेक पाइला गरेर पार्टीको बीसौं महाधिवेशनमा गरिने महत्वपूर्ण निर्णय तथा बन्दोबस्तलाई कार्यान्वयन गर्नु नै वर्तमान सबभन्दा महत्वपूर्ण कार्य हो भन्ने पुष्टि पनि सीले गर्नुभयो।