राष्ट्राध्यक्ष सी चिनफिङ तथा युगान्डाका राष्ट्रपति बीच दुई देश बीच दौत्य सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
2022-10-18 15:07:42cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र युगान्डाका राष्ट्रपति यौवेरी कागुटा मुसेभेनीले दुई देश बीच दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवको अवसरमा एक अर्कालाई शुभकामना सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले नयाँ कोरोना महामारीको सामना गर्दा दुवै देशका जनताले एउटै डुङगामा बसेर एकले अर्कालाई सहायता गरी चीन-युगान्डा मैत्रीपूर्ण अध्याय खोलेको औंल्याउनुभएको छ। दुई देश बीच दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्रपति मुसेभेनीसँगै मिलेर हातमा हात मिलाउँदै नयाँ युगमा चीन अफ्रिका भाग्यको एकरूपताको स्थापना गर्दै जान चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

 

राष्ट्रपति मुसेभेनीले दुई देश बीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध निरन्तर रूपमा गहन बनेकाले दुवै देशका जनताका लागि अझ बढी हित कल्याणको सिर्जना गर्नुबाहेक विश्व शान्ति, स्थिरता र सहकार्यलाई अघि बढाउनका लागि योगदान गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ।