पूरा प्रक्रियामा जनताको प्रजातान्त्रबाट चिनियाँ जनताका सच्चा मालिक
2022-10-19 16:28:23cri
Share with:

अक्टोबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन पैचिङमा सुरू भएको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले १९औँ केन्द्रीय समितिको प्रतिनिधित्वमा प्रतिवेदन पेश गर्दै पूरा प्रक्रियामा जनताको प्रजातन्त्रको विशेषता र श्रेष्ठताबारे जानकारी दिएर नयाँ युगमा चीनले समाजवादी प्रजातान्त्रिक राजनीतिको विकास गर्नका लागि दिशानिर्देश गर्नुभएको छ। अन्तर्राष्ट्रिय जगतले चिनियाँ प्रजातन्त्रको गुणस्तरको अवलोकन गर्ने एउटा झ्याल खुलेको छ।

पूरा प्रक्रियामा जनताको प्रजातन्त्र के हो? यो चिनियाँ कम्युनिष्ट पार्टीले जनताको एकीकृत नेतृत्व गरेर प्रजातन्त्र खोज्ने, प्रजातन्त्रको विकास गर्ने र साकार गर्ने महासिर्जना हो। पूरै प्रक्रियामा जनताको प्रजातन्त्रको मुख्य आकार समाजवादी प्रजातन्त्र हो, यसको विषय पूरै चिनियाँ जनता हो र यसको विशेषता र श्रेष्ठता पूरै प्रक्रिया हो। यो प्रजातान्त्रिक मोडले प्रजातान्त्रिक निर्वाचन, परामर्शदात्री, निर्णय, प्रशासन र निगरानी जोडेर देशको राजनीतिक जीवन र सामाजिक जीवनका हरेक क्रममा जनताको आवाज सुन्न र जनताको इच्छा व्यक्त गर्न लगाउँछ। यस्तो चौतर्फी मोडमा चिनियाँ जनता साँच्चै मालिक बन्न सक्छन्।

जनताको प्रजातान्त्र समाजवादको जीवन हो र समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माण गर्ने आवश्यकता हो। महासचिव सी चिनलिङले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ। विगत दश वर्षमा चीनले हासिल गरेको ठूलो उपलब्धिबाट हेर्दा पूरै प्रक्रियामा जनताको प्रजातन्त्रले शक्तिशाली जीवन देखाएको छ।

विश्वमा विविधता छ। प्रजातन्त्रको मोड एकै प्रकारको मात्रै हुँदैन। स्वदेशी अवस्थासित अनुकूल प्रपातान्त्रिक परिपाटी मात्र सबैभन्दा भरपर्दो र प्रभावकारी हो। समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माण गर्ने नयाँ प्रक्रियामा चिनियाँ कम्युनिष्ट पार्टीले पूरै प्रकियामा जनताको प्रजातन्त्रको निरन्तर विकास गरेर जनताको मालिक अधिकारको प्रत्याभूति गर्नुका साथै मानवजातिको राजनीतिक सभ्यताका लागि चिनियाँ योगदान दिनेछ।