चिनियाँ कम्युनिष्ट पार्टी एक सशक्त सत्तारूढ पार्टी
2022-10-19 09:56:02cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन अक्टुबर १६ तारिखदेखि पैचिङमा जारी छ। हालै विभिन्न मुलुकका नेतागणले चाइना मिडिया ग्रूपलाई अन्तर्वार्ता दिँदै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले निर्धारित समयमा दोस्रो शतवार्षिक लक्ष्यला साकार तुल्याएर विश्वको शान्ति र विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्। 

लाओसका राष्ट्राध्यक्ष तथा ला जन क्रान्ति पार्टीका महासचिव थोङलन सिसलिथले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले महत्वपूर्ण उपलब्धि हासिल गरेर चिनियाँ जनतालाई हित कल्याण पुर्याउने, समाजवादी आधुनिककरण देशको चौतर्फी निर्माणको नयाँ यात्रामा सशक्त जीवन्त शक्ति थप्ने विश्वास लिएको बताउनुभएको छ। 

केन्याको सत्तारूढ पार्टी संयुक्त लोकतान्त्रिक गठबन्धनका अध्यक्ष जोनस्टोन मुथामाले चिनियाँ कम्युनिष्ट पार्टीको महान उपलब्धिमाथि उच्च मूल्याङ्कन गर्दै चीन केन्याको सबैभन्दा महत्वपूर्ण विकास साझेदारी मध्येको एक भएको तथा केही वर्षयता पूर्वाधार निर्माणमा चीनले केन्यालाई विशाल समर्थन दिएको बताउनुभयो।