लीन चान सी तथा उहाँको “समृद्ध च्याउ तथा घाँस”
2022-10-19 15:30:58cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनका प्रतिनिधि अर्थात् ८० वर्षीय लीन चान सी राष्ट्रिय च्याउ तथा घाँस परियोजना प्राविधिक अनुसन्धान केन्द्रका प्रथम वैज्ञानिक हुनुका साथै च्याउ तथा घाँस प्रविधिको सिर्जनकर्ता पनि हुनुहुन्छ। उहाँ आफैँले सिर्जना गर्नुभएको “समृद्ध च्याउ तथा घाँस” बाट धेरै जनताको भाग्य परिवर्तन भएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन शुरू भएको दिनमा लीन चान सीले पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिँदै च्याउ तथा घाँस प्रविधिको विश्वमा प्रचार प्रसार गरिने प्रक्रियामा आफूले देखे, सुनेका रोचक कथाहरूबारे जानकारी दिनुभएको थियो।

 

दक्षिण प्रशान्त महासागर होस् वा अफ्रिका वा ल्याटिन अमेरिका धेरैले च्याउ तथा घाँस रोप्ने तरिकामार्फत गरिबी अवस्थाबाट मुक्त भई सम्पन्न जीवन बिताएका छन्। 

सन् २०१७ मा च्याउ तथा घाँस प्रविधिलाई चीन-संयुक्त राष्ट्र संघ शान्ति तथा विकास कोषले महत्त्वपूर्ण परियोजनाको रूपमा निर्धारण गरेको थियो।