चीनद्वारा आफ्नो कचौरालाई स्थिरताका साथ समातेर विश्व अन्नबालीको सुरक्षाको संरक्षण
2022-10-19 15:32:15cri
Share with:


 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ तारिखदेखि पैचिङमा शुरु भएको छ। सोही दिन अन्तर्राष्ट्रिय खाद्य दिवस पनि थियो। चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रीय समितिको तर्फबाट सी चिन फिङले यस महाधिवेशनलाई सम्बोधन गर्दै “अन्नबालीको सुरक्षाको आधारलाई बलियो बनाएर १२ करोड हेक्टर मात्र खेतीयोग्य जमीन भएकोले यसको विशेष संरक्षण गरी चिनियाँहरुको आफ्नो हातमा रहेको कचौरालाई प्रत्याभूति दिइनुपर्ने”कुरामा पुन: एक पटक जोड दिनुभयो।

 

विश्वको करिब २० प्रतिशत भोकमरी समस्या विश्व अन्नबालीको सुरक्षासँग सम्बन्धित छ, जसले विश्वलाई ध्यानाकर्षित गरेको छ। अक्टोबर १७ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन शुरु भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रिय अन्नबाली र वस्तु संचय व्यूरोका प्रमुख छुङ ल्याङले प्रत्येक चिनियाँको औसत अन्नबाली उत्पादन मात्रा ४८३.५ किलोग्राम पुगेको छ, जुन विश्वको मापदण्ड ४०० किलोग्रामको सुरक्षित स्तरभन्दा नाघेको जानकारी दिँदै चीनको अन्नबालीको सुरक्षा एउटा दरिलो आधार रहेको बताउनुभयो।

 

विश्वको ९ प्रतिशत पनि नपुगेको खेतीयोग्य जमीनमा चीनले कसरी विश्वका एक चौथाई भागलाई पुग्ने अन्नबालीको उत्पादन गरी विश्वका पाँच भागमध्येको एकको जनसंख्यालाई पालन गरेको छ? चीन सरकारले कृषिको आधुनिकीकरणलाई सक्रियताका साथ अघि बढाएर अन्नबालीको उत्पादन क्षमतालाई स्थिरताका साथ बढाएको मुख्य कारण हो।