चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वैदेशिक सम्पर्क विभागका उपप्रमुख शन पैलीले हालै चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका ६०० भन्दा बढी राजनीतिक पार्टी र राजनीतिक संगठनसँग विभिन्न खालका सम्पर्कलाई कायम राख्नुका साथै विस्तृत रूपमा आदान प्रदान र संवार्ता गरी एक आपसमा पार्टी र देश सञ्चालन गर्ने अनुभवलाई साझा गरेर सँगसँगै मिलेर सञ्चालन क्षमतालाई उकासिरहेको जानकारी दिनुभएको छ।
उपप्रमुख शनले २० तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
उपप्रमुख शनका अनुसार, नयाँ युगमा चिनियाँ कम्युनिष्ट पार्टीले जोडतोडसँग समाजवादी मुलुकका सत्तारूढ पार्टी, छिमेकी मुलुक र विकासोन्मुख मुलुकका राजनीतिक पार्टी तथा विकसित मुलुकका राजनीतिक पार्टीसँगको सम्बन्धलाई अघि बढाउनुका साथै त्यसलाई गहन पार्दै आएको छ। अधिकांश विदेशी राजनीतिक पार्टीले चीनसँगको आदानप्रदानलाई सबल पार्दै जाने इच्छा व्यक्त गरेको कुरा पनि उपप्रमुख शनले औँल्याउनुभयो।