चीन र नेपाल नयाँ यात्रामा #समाचारसन्दर्भ
2022-10-20 15:55:36cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशन अक्टोबर १६ तारिख पैचिङमा शुरू भयो। चीनको सत्तारूढ पार्टीको यस भव्य समारोहबाट समाजबादी आधुनिकिकरण देशको चौतर्फी निर्माणको नयाँ यात्रामा चीन प्रवेश भएको छ। यस कुराले विश्वको ध्यान तानिरहेको छ। पहाड र नदीले जोडेको चीनको राम्रो साझेदार नेपालको राजनीतिक, आर्थिक तथा व्यापारिक क्षेत्रहरूले पनि यसमा नजर पुर्याइरहेका छन्। बीसौं महाधिवेशन शुरू भएकै दिनमा नेपालको अरनिको समाजले गोरखापत्रको पहिलो पानामा बधाई सन्देश राख्दै महाधिवेशनको सफल आयोजनाका लागि शुभकामना व्यक्त गरेको छ।

चीनको विकासमा ध्यान दिँदै यसलाई मान्यता दिनुबाट नेपालका लागि अझ बढी अवसर ल्याइदिनु नै नेपालका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहमति हो। यसबारे चर्चा गर्दै हालै कार्यावधि शुरू गर्नुभएका चीनका लागि नेपाली राजदूत विष्णु पुस्कार श्रेष्ठले अन्तर्वार्तामा यसरी भन्नुभयोः

अहिले हामी साह्रै महाव्याधिबाट विश्वको अर्थतन्त्र अत्यन्तै थिलथिलो भएको छ। यो अर्थतन्त्रलाई सुधार गर्ने नीतिहरू पनि महाधिवेशनमा पारित हुनेछ भन्ने मलाई लागेको छ। विश्वमा दोस्रो अर्थतन्त्र भएको मुलुक चीनले जुन खालको अर्थतन्त्रको नीति छ यसले आफू मात्रै विकसित हुने होइन अरूलाई पनि विकासमा लैजानुपर्छ समृद्ध भविष्यलाई बाँड्नुपर्छ भन्ने नीतिको अवलम्बन गरेको छ। त्यसको बारेमा पनि नेपाल जस्तै अल्पविकसित मुलुकहरूको निम्ति चीनले आफूलाई प्राथमकितामा राखेर र विकासमा सहयोग पुर्याउने छ भन्ने मैले अपेक्षा गरेको छु।

रूसको लागि नेपालका पूर्व राजदूत एवम् प्रसिद्ध राजनीतिज्ञ हिरण्यलाल श्रेष्ठले अन्तर्वार्तामा यसरी भन्नुभयोः

चीनको विकासमा डाहा गर्नेहरूको शीत युद्ध मानसिकता छ। हाम्रो र उनीहरूको दृष्टिकोणमा के फरक भएको छ भने चीनको विकास हाम्रा लागि  मौका हो भन्ने हामी सम्झन्छौं।

संयुक्त विकासमा ध्यान दिनु बुद्धिमानहरूको समान धारणा हो। चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशनको प्रतिवेदनमा यसरी औंल्याइएको छः उच्चस्तरीय बैदेशिक खुलापनलाई कायम राख्दै स्वेदशी चक्रमा केन्द्रित भएर स्वदेशी र अन्तर्राष्ट्रिय चक्र एकअर्काको प्रवर्द्धन गर्ने भन्ने विकासको नयाँ प्रारूपको निर्माणलाई गतिशील पार्दै जानेछ। चीनको खुलापनको ढोका झन् झन् ठूलो हुँदै जान्छ। बितेका १० वर्षमा बेल्ट एण्ड रोड अवधारणा नै अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय सार्वजनिक उत्पादन बनेको छ जुन अन्तर्राष्ट्रिय सहयोग मञ्चको रूपमा चलिरहेको छ। विश्वका १४० मुलुक तथा क्षेत्रका मुख्य व्यापारिक साझेदार चीन बनेको छ। गत १० वर्षयता, चीनको बैदेशिक व्यापार आकार २४४ खर्बदेखि ३९१ खर्ब चिनियाँ युआन बराबर पुगेको छ जसबाट विश्वमा सामान व्यापारको प्रथम ठूलो मुलुक चीन बनेको छ। यता नेपाललाई हेर्दा, केरुङ नाका मात्रै बिगत १० वर्षमा मानव आवत-जावतको संख्या ६.७ लाख पुगेको छ जसबाट चीन-नेपाल सिमा व्यापारको तातोपनलाई अनुभव गर्न सकिन्छ।

भविष्यमा चीनमा बैदेशिक सहयोग तथा साझा हित एवम् जीतको लागि हितकर सकारात्मक नीतिहरू लागू हुँदाहुँदै विशेष गरी पूर्वाधारको निर्माणको मिलनको प्रवर्द्धन हुनेछ। नयाँ यात्रामा आर्थिक, व्यापारिक, व्यावसायिक, बैज्ञानिक, प्राविधिक, शैक्षिक, मानवीय र सांस्कृतिक लगायतका व्यापक क्षेत्रमा चीन र नेपाल बीचको सहयोग एवम् आदानप्रदानमा नयाँ आकर्षण देखा पर्नेछ र चिनियाँ शैलीमा आधुनिकिकरणबाट नेपाललाई अझ लाभान्वित हुने विश्वास गरिएको छ।