(समाचार सन्दर्भ)चीनमा जनजीवनका लागि खाद्य सुरक्षाको आधार सुदृढ
2022-10-20 08:30:52cri
Share with:

अक्टोबर १६ तारिख विश्व खाद्य दिवस हो। विश्व खाद्य दिवसभन्दा केही अगाडि विश्वव्यापी भोकमरी सूचकाङ्क २०२२ प्रकाशित भएको थियो।  मूल्याङ्कन गरिएका १२१ देशहरूमध्ये भारत १०७ औं स्थानमा छ। सन् २०२१ को तुलनामा भारतको स्थान ६ अङ्कले घटेको छ। यो सूचीले भारतलाई रीस उठाएको छ। किनकि अरू एशियाली छिमेकीको तुलनामा भारत अफ्गानिस्का (१०९)भन्दा  मात्र माथि छ। नेपाल (८१), बंग्लादेश(८४) तथा पाकिस्तान (९९)भन्दा निकै तल छ भारत।

विश्वव्यापी भोकमरी सूचकाङ्क जर्मनीस्थित गैर-नाफामुलक संगठन वेलथुन्गरहिल्फे र आयरल्यान्डको डुब्लिनस्थित गैर-सरकारी संगठन  कन्सर्न वर्ल्डवाइडबाट संयुक्त रूपमा प्रकाशित भएर अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धानबाट अझै परिस्कृत भएको हो। उक्त सूचकाङ्कले भोकमरी स्तरको मापनमार्फत् मुख्य विकासोन्मुख मुलुकलाई पंक्तिमा राखेको छ। चीन, चिली तथा टर्कीलगायत १७ देशहरू राम्रो अवस्था भएका हुनाले पहिलो समूहमा परेको छन् र छुट्टा-छुट्टै पंक्तिमा राखिएको छैन।  

यद्यपि चीन र भारत दुवै एशियाली ठूला मुलुक भए तापनि खाद्य सुरक्षामा किन यति ठूला फरक? चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा महासचिव सी चिनफिङले पेश गर्नुभएको प्रतिवेदनले यसको राम्ररी व्याख्या गरेको छ। प्रतिवेदनमा प्रस्तुत छ- खाद्य सुरक्षाको आधारलाई चौतर्फी रूपमा सुदृढ पार्नुका साथै १ अर्ब ८० करोड मु क्षेत्रको खेतीको रातो रेखाको पालना गरी कचौरा चिनियाँहरूको हातमा राख्न प्रत्याभूति गर्नुपर्नेछ।

पार्टीको १८ औं महाधिवेशनदेखि सी चिनफिङ केन्द्रित पार्टीको केन्द्रीय समितिले अर्बौं जनताका लागि खानपान समस्याको समाधानलाई प्रथम मामिलाको रूपमा राखेको छ। जसले नयाँ खाद्य सुरक्षा धारणाको प्रस्तुत गर्नुका साथै राष्ट्रिय खाद्य सुरक्षा रणनीतिलाई निश्चित गरेको छ। चीनले खेतीको सुरक्षा, बीऊ र कृषि मेशिनेरीको विकास, विज्ञान तथा प्रविधि व्यक्तिको तालिम आदि  कदमबाट खाद्य उत्पादन मात्रा बढाएको छ। सन् २०२१ मा खाद्यन्नको उत्पादन मात्रा ऐतिहासिक रेकर्ड सिर्जना गरेर ६ खर्ब ८२ अर्ब ८५ करोड किलो पुगेको छ। प्रत्येक व्यक्तिमा सरदर ४८३.६ किलो भएर ४०० किलोको अन्तर्रष्ट्रिय खाद्य सुरक्षा रेखाभन्दा बढी भएको छ।

त्यसैले कोभिड-१९ महामारी, अन्तर्राष्ट्रिय परिस्थितिको उतार-जढाव, चीनमा विभिन्न प्राकृतिक प्रकोप लगायत नकारात्मक प्रभावका सामु चीनले सधैं नै खाद्यन्न सुरक्षाको रक्षा गरी कचौरा आफ्ना हातमा राखेको छ।    

खाद्यान्न देशको मूल हो र मानिसको जीवन हो। चिनियाँ कम्युनिष्ट पार्टीले जनताका लागि शासन गर्ने र सुख खोज्ने प्रारम्भिक इच्छा र लक्ष्य फसल प्रचुर खेतमा, जनताको कचौरामा र मानिसहरूको खुशीयाली मुस्कानमा प्रत्यक्ष रूपमा देखाइएको छ।