गुट प्रतिद्वन्द्वीताले विश्वलाई हिँड्न नमिल्ने बाटोमा लैजाने परराष्ट्र मन्त्रालयको भनाई
2022-10-20 15:50:40cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका उप-परराष्ट्र मन्त्री मा चाउ श्वीले आज अक्टोबर २० तारिख एउटा पृथक विश्व कुनै पनि व्यक्तिको हितसँग प्रतिकूल रहने भन्दै गुट र समूह बीचको प्रतिद्वन्द्वीताले विश्वलाई हिँड्न नमिल्ने बाटोमा लैजाने औँल्याउनुभएको छ।

 

उप-परराष्ट्र मन्त्री मा चाउ श्वीले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। चीनको कूटनीतिक नीतिको लक्ष्यबारे प्रकाश पार्दै उहाँले चीनको कूटनीतिक नीतिको लक्ष्य निकै निश्चित रहेको जुन विश्व शान्तिको संरक्षण गरी साझा विकासलाई अघि बढाएर मानव जातिको साझा भाग्य समूदायको निर्माण गर्नु रहेको बताउनुभयो।

 

चीनले वास्तविक गतिविधिमार्फत मानव जातिको साझा भाग्य समूदायको निर्माण गर्दै आएको तथा “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण सम्बन्धी महत्त्वपूर्ण प्रस्तावले व्यापक स्वागत पाएको तथा अन्तर्राष्ट्रिय सहयोगको मञ्च बनिसकेको पनि मा चाउ श्वीले बताउनुभयो।