नयाँ युगको १० वर्षमा चीनसँग दौत्य सम्बन्ध कायम भएको मुलुकको संख्या १७२ बाट १८१
2022-10-20 15:17:48cri
Share with:

नयाँ युगको १० वर्षयता चिनियाँ विशेषतायुक्त ठूलो मुलुकले परराष्ट्र कार्यमा विस्तृत र रचनात्मक ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ। चीनसँग दौत्य सम्बन्ध कायम भएको मुलुकको कूल संख्या १७२ बाट १८१ पुगेको छ भने विश्वका विभिन्न मुलुक र क्षेत्रका संगठनहरूसँग साझेदारी सम्बन्ध स्थापना भएको संख्या ४१ बाट ११३ पुगेको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी परराष्ट्र मन्त्रालयको पार्टी समितिका सदस्य एवम् उपमन्त्री मा चाउ श्वीले २० तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो।

 

उपमन्त्री माका अनुसार, हाल चीनको अन्तर्राष्ट्रिय प्रभावकारी शक्ति, प्रेणात्मक शक्ति र निर्माण शक्ति स्पष्टसँग उठ्दै आएकाले अभूतपूर्व, गहन र व्यापक रूपमा विश्वव्यापी सञ्चालनमा सहभागी भई बहुपक्षीयतावादको संरक्षण गर्ने महत्त्वपूर्ण शक्ति बनिसकेको छ। चीनको जिम्मेवार ठूलो मुलुकको छवि निकै चर्चित र ध्यानाकर्षित भएको देखिन्छ।