चीनको आधुनिकीकरणबाट नेपाल पनि लाभान्वित
2022-10-20 18:54:07CRI
Share with:

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले अगाडि सारेको आधुनिकीकरणले विश्वलाई राम्रो प्रभाव पार्ने बताउनु भएको छ। चाइना मिडिया ग्रुप सीएमजीसँग संक्षिप्त अन्तर्वार्ता दिँदै उहाँले चीनको विकासबाट नेपाललाई पनि फाइदा पुग्ने बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको २० औँ महाधिवेशनमा महासचिव सी चिनफिङले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख भएको आधुनिकीकरणमा उहाँले उक्त प्रतिक्रिया जनाउनु भएको हो।