पाण्डा पार्क यूरोप र चीनका जनताहरूबीचको पुल
2022-10-21 09:30:21cri
Share with:

बेल्जियमको पाइरी डाइजाको पाण्डा पार्क “सिङव्है” र “हाउहाउ” नामक पाण्डा र तिनीहरूका तीन बच्चा बस्ने ठाउँ हो। सन् २०१४मा बेल्जियमको राजकीय भ्रमणको दौरानमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्जियमका राजा फिलिप लेओपोर्ड लुइस मारीसँग पाइरी डाइजाको पाण्डा पार्क आरम्भ समारोहमा भाग लिनुभएको थियो। हालसम्म पाइरी डाइजाका निर्देशक एरिक डोम्बलाई त्यस अवधिको सिँहावलोकन गर्दा सधैँ नै खुशी लाग्छ। उहाँको विचारमा राष्ट्राध्यक्ष सी चिनफिङको बेल्जियमको भ्रमणले यूरोप र चीनका जनताहरूबीचको समझदारी बढाएको थियो। उक्त भ्रमण जनताहरूबीचको आदान-प्रदानका लागि महत्वपूर्ण अर्थ बोकेको छ।

 

सन् २०१४ मार्च ३० तारिख बेल्जियमका राजा फिलिप र महारानी माथिल्डेको साथमा राष्ट्राध्यक्ष सी चिनफिङले बेल्जियमको राजधानी ब्रसेल्सबाट करिब साठी किलोमिटर टाढा पर्ने पाइरी डाइजामा पाण्डा पार्क उद्घाटन समारोहमा भाग लिनुभएको थियो। “सिङव्है” र “हाउहाउ” नामक पाण्डा चीन र बेल्जियमको मित्रता दूतको रुपमा त्यहाँ लगिएको थियो।

 

पाइरी डाइजाका निर्देशक एरिक डोम्बकाअनुसार, राष्ट्राध्यक्ष सीको बेल्जियमको भ्रमण मित्रतालाई सबल पार्ने भ्रमण हो। राष्ट्राध्यक्ष सीको भ्रमण दुई मुलुकका जनताहरूबीचको आदान-प्रदानका लागि महत्वपूर्ण अर्थ रहेको छ। उक्त महत्वपूर्ण समारोहको साक्षी हुनुभएकोमा डोम्बलाई खुशी लागेको छ। डोम्ब भन्नुहुन्छ

आवाज एक

“राष्ट्राध्यक्ष सी हाम्रो पाण्डा पार्क आउनुभएको बेलामा दुई वटा सुन्दर क्षण बनेको थियो। पहिलो, राष्ट्राध्यक्ष सीले पाण्डा पार्कमा काम गरिरहेका चिनियाँ मजदूरसँग कुराकानी गर्नुभयो। शांगहाईबाट आएका ती मजदूरहरूले हाम्रो पार्कमा आफ्नो मुलुकका राष्ट्राध्यक्षसँग भेट्ने मौका पाएका थिए। यो मूल्यवान मौका थियो। दोस्रो, राष्ट्राध्यक्ष सी र उहाँकी श्रीमतीले यूलान रुखका लागि माटो थप्नुभयो। रुख रोप्नु सामान्य कुरा हो। तर यो सबैभन्दा सुन्दर उपहार हो। सन् २०१४ देखि यो रुख बढिरहेको छ।”

 

डोम्बले सानो उमेरदेखि नै चीनको संस्कृतिप्रति चासो राख्नु हुन्थ्यो। उहाँले बीस पटकसम्म चीनको भ्रमण गर्नुभएको छ। उहाँले चीनको स छ्वानको भ्रमण गरी पाण्डाको जीवन वातावरण र स्थानीय संस्कृतिबारे जानकारी लिनुभएको थियो।

 

चीनको संस्कृतिलाई माया गरेका कारण डोम्बले पाइरी डाइजामा ४५ हजार वर्गमिटरको “चीन पार्क” को निर्माण गर्नुभयो। “चीन पार्क” मा चीनको परम्परागत संस्कृति, इतिहास समावेश छ। बेल्जियमको भ्रमण दौरान राजा फिलिपले राष्ट्राध्यक्ष सीलाई चिया खान र मित्रताबारे छलफल गर्न निमन्त्रणा गर्नुभएको थियो।

 

डोम्बले राष्ट्राध्यक्ष सीबाट उहाँको मनमा गहिरो छाप परेको बताउनुभयो। उहाँ भन्नुहुन्छ

आवाज दुई

“राष्ट्राध्यक्ष सीले क्लासिकल गार्डेनबारे धेरै जानकारी लिनुभयो। मलाई अचम्म लाग्यो। राष्ट्राध्यक्ष सी निकै मैत्रीपूर्ण हुनुहुन्छ।”

 

प्रिय श्रोता, तपाईँले भर्खरै सुन्नुभयो- पाण्डा पार्क यूरोप र चीनका जनताहरूबीचको पुलबारेको पहिलो भाग। आउने कार्यक्रममा फेरि पनि तपाईँलाई यस विषयबारेको दोस्रो भाग प्रस्तुत गर्नेछु। हवस्त, यसका साथै आजको आँखीझ्याल कार्यक्रम यहीँ पूरा हुन्छ। कार्यक्रमबाट म प्रतिभालाई विदा दिनुहोस्। नमस्ते।