शान्तिपूर्ण विकास मार्गमा अडिग रहेको चीन विश्वको अवसर
2022-10-21 16:48:35cri
Share with:

चीनले  विश्वको शान्ति सुरक्षा गर्ने र साझा विकासका लागि सबैलाई घचघच्याउने कुटनीति तथा उद्देश्यमा अडिग रहेर मानव भाग्य समुदायको निर्माणलाई अगाडि बढाएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन पैचिङमा जारी रहेको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले १९औँ केन्द्रीय समितिको प्रतिनिधित्वमा प्रतिवेदन पेश गर्दै यो धारणाले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएको छ। विभिन्न विश्लेषकका विचारमा चीनले शान्तिपूर्ण विकास मार्गमा अडिग लाग्ने अठोट र विश्वास देखाइएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले “विश्वको शान्ति, समृद्धि र प्रगतिका लागि अझ बढी योगदा दिने” छ।

विकसित मुलुकले केही सय वर्षमा पूरा भएको औद्योगीकरण प्रक्रिया चीनले दर्शनौ वर्षमा पूरा गरेको छ। जसले अर्थतन्त्रको तिव्रगति विकास र समाजको दीर्घकालीन स्थिरता लगायत दुई चमत्कारको सिर्जना गरेको छ। यो चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेनृत्व गरेर कडा परिश्रम गरेको उपलब्धि हो। त्यसकारण चिनियाँ सत्तारूढ पार्टीले सधैं शान्तिपूर्ण विकास मार्गमा अडिग गरेको पनि हो।

शान्तिपूर्ण विकास मार्गले चीनको तिव्र विकास गर्नुका साथै विश्वको शान्ति तथा विकासमा शक्तिशाली सकारात्मक शक्ति पनि थपेको छ।

शान्ति विकासको पूर्वाधार हो र विकास शातिको प्रत्याभूति पनि हो। प्रतिवेदनको उल्लेख भएअनुसार, चीनले वैदेशिक खुलापनको आधारभूत नीतिमा अडिग रहँदै आपसी हितकर तथा साझा विजयी खुलापन रणनीतिको दृढताका साथ पालना गरी चिनियाँ विकासबाट विश्वलाई निरन्तर रूपमा नयाँ अवसर दिनेछ। त्यसै गरी नयाँ ब्लुप्रिन्टको निर्देशनमा चीन र विश्वले आपसलाई अझै सक्रिय प्रभाव पार्नेछन्।

गत वर्षको सेप्टेम्बर महासचिव सी चिनफिङले राष्ट्र संघीय ७६ औं महाधिवेशनको वहसमा विश्वव्यापी विकास पहल प्रस्तुत गर्नुभयो। त्यसको केन्द्रीय विषय साझा विकास गरेर मानव भाग्य समुदायको निर्माण हो।

विश्वको शान्तिको सुरक्षा गर्द आफ्नो विकास गर्नुका साथै आफ्नो विकासमार्फत् अझै राम्ररी विश्वको शान्तिको सुरक्षा गर्ने र साझा विकास घचघच्याउनेछ। यो चीनको शान्तिपूर्ण विकास मार्ग हो। आधुनिकीकरण देशको चौतर्फी निर्माण प्रक्रियामा  चिनियाँ कम्युनिष्ट पार्टीले निरन्तर रूपमा आफ्नो विकास गरेर विश्वलाई फाइदा पुर्याउनेछ।