सांस्कृतिक जरा खोजेर चिनियाँ नीतिको विश्लेषण------समान, खुला र सहयोगात्मक विश्व साझेदारी सम्बन्ध
2022-10-21 15:22:16cri
Share with:

 

चीनले समान, खुला र सहयोगात्मक विश्व साझेदारी सम्बन्धलाई गहन पारी विभिन्न देशको साझा हितको विस्तार गर्न प्रयास गर्ने छ।

सी चिन फिङ

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन

 

प्राचीनकालदेखि चीनमा एउटा भनाई प्रचलित छ, विभिन्न मसला मिसाइएपछि सुप मीठो हुन्छ। चीनका सर्वोच्च नेता सी चिन फिङले यस वाक्यमार्फत चीनले खुलापन र सहिष्णुताको आधारमा नयाँ ढाँचे अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्ने व्याख्या गर्नुभएको छ। विश्वका विभिन्न संस्कृतिको आआफ्नै विशेषता र पहिचान छ त्यसकारण तिनीहरुमा क्षेत्रीय भिन्नता मात्र रहेको उहाँले ठहर गर्नुभएको छ। उहाँले सभ्यताको विविधता तथा भिन्नता विश्व द्वन्द्वको कारण बन्नुहुँदैन, बरु मानव जातिको सभ्यताको प्रगतिका लागि प्रेरक शक्ति बन्नुपर्ने ठहर गर्नुभएको छ।

 

अक्टोबर १६ तारिख शुरु भएको चिनियाँ कम्युनिष्ट पार्टिको २०‌औँ महाधिवशेनमा सी चिन फिङले “विश्व सभ्यताको विविधताको सम्मान गर्नुपर्छ, संयुक्त रुपमा विश्वव्यापी चुनौतिको सामना गर्नुपर्छ, विश्वका जनतासँगै मिलेर मानव जातिको अरु उज्यालो भविष्य सिर्जना गर्न चिनियाँ जनता इच्छुक रहेको” कुरा पुन:एक पटक दोहोर्याउनुभयो।