सीपीसीको २० औँ महाधिवेशनको प्रेस केन्द्रमा पाँचौँ पत्रकार सम्मेलनको आयोजना
2022-10-21 14:54:06cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनमा भनिएको छ: नयाँ विकास प्रारूपको स्थापना प्रक्रियालाई शिघ्र पार्नुका साथै जोडतोडसँग उच्च गुणस्तरीय विकासलाई अघि बढाउनुपर्छ। केन्द्रीय बैकिङ प्रणाली र केन्द्रीय व्यवसाय प्रणाली अन्तर्गत पैचिङ प्रतिनिधि मण्डलका प्रेस प्रवक्ताले उच्च गुणस्तरीय बैकिङ सेवा र केन्द्रीय व्यवसायको उच्च गुणस्तरीय विकासमार्फत चिनियाँ शैलीको आधुनिकीकरण निर्माणका लागि शक्ति प्रदान गर्ने अठोट व्यक्त गरेका छन्।

 

२० तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको प्रेस केन्द्रमा पाँचौँ पटकको पत्रकार सम्मेलनको आयोजना गरिएको छ। चिनियाँ जन बैंकको पार्टी समितिका सदस्य एवम् उप गभर्नर फान कोङ शङले बितेका १० वर्षयता चीनको बैकिङ कार्यमा प्राप्त उल्लेखनीय उपलब्धिबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, बितेका १० वर्षयता बैकिङ प्रणालीले वास्तविक आर्थिक समुदायलाई समर्थन गर्ने क्षमता ठूलो मात्रामा उकासिँदै आएको, बैकिङ खतराको प्रतिरोध गर्ने कार्यमा महत्वपूर्ण प्रतिफल प्राप्त गरिएको, बैकिङ व्यवसायको सुधार र खुलापन लगातार रूपमा गहिरिँदै आएको र बैकिङ व्यवसायको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्ति र प्रभावकारी शक्ति दुवै नै बढ्दै आएको देखिन्छ।