सी चिनफिङको अध्यक्षतामा सीपीसीको २०औँ महाधिवेशनको अध्यक्षमण्डलको तेस्रो बैठक
2022-10-21 16:30:07cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अध्यक्षमण्डलको तेस्रो बैठक अक्टोबर २१ तारिख बिहान जन बृहत सभाभवनमा आयोजित भएको छ। सो बैठकमा २०औँ केन्द्रीय समितिका सदस्यहरू, वैकल्पिक सदस्यहरू र केन्द्रीय अनुशासन निरीक्षण आयोगका सदस्यहरूको नामावली(मस्यौदा) पारित भइ ती नामावलीहरूलाई विभिन्न प्रतिनिधिमण्डलमा छलफलको लागि प्रस्तुत गरिएको छ।

सो बैठकको अध्यक्षता कमरेड सी चिनफिङले गर्नुभएको छ।

निर्वाचन विधि र कार्यतालिका वमोजिम, २१ तारिख दिउँसो विभिन्न प्रतिनिधि मण्डलका बैठकहरूमा, अध्यक्षमण्डलको तेस्रो बैठकबाट पारित केन्द्रीय समितिका सदस्य, केन्द्रीय समितिका वैकल्पिक सदस्य र केन्द्रीय अनुशासन निरीक्षण आयोगका सदस्यका उम्मेदवारको नामावलीबारे छलफल भएको छ।

अक्टोबर २२ तारिख बिहान महाधिवेशनमा औपचारिक निर्वाचन गरिने कार्यक्रम छ।