सीपीसीको २० औँ महाधिवेशन सम्पन्न, महत्वपूर्ण दस्तावेश पारित
2022-10-22 20:38:03cri
Share with:

सात दिनसम्म चलेको चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन अक्टोबर २२ बिहान पैचिङस्थित जनबृहत सभाभवनमा सम्पन्न भएको छ। सो महाधिवेशनले पार्टीको २०औँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोग निवार्चित गरेको छ। साथै पार्टीको १९ औँ केन्द्रीय समितिको प्रतिवेदन सम्बन्धी निर्णय-प्रस्ताव, १९ औँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको कार्यप्रतिवेदन सम्बन्धी निर्णय-प्रस्ताव र चिनियाँ कम्युनिस्ट पार्टीको विधान (संशोधितमसौदा) सम्बन्धी निर्णय-प्रस्ताव पनि पारित गरेको छ।

कमरेड सी चिनफिङले सो अधिवेशनको अध्यक्षता गर्नुभएको हो। निर्धारित कार्यक्रम पूरा भएपछि सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। सम्बोधनमा उहाँले जोड दिँदै भन्नुभयोः चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनमा भएका निर्णय र हासिल भएका उपलब्धिले समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फी निर्माण, चिनियाँ राष्ट्रको महान् पुनरूत्थानको चौतर्फी प्रवर्द्धन एवम् चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ विजय हासिल गर्नको लागि अत्यन्त महत्वपूर्ण मार्गदर्शन गर्ने र प्रत्याभूति दिने भूमिका निर्वाह गर्नेछ भन्ने हाम्रो विश्वास छ।

सी चिनफिङले जोड दिँदै भन्नुभयोः चिनियाँ कम्युनिष्ट पार्टीले एक शताब्दी लामो यात्रा गरेको र नयाँ परीक्षाको बाटोमा अघि बढ्दै जानेछ। पार्टीको केन्द्रीय समिति वरिपरि भेला भएर चिनियाँ विशेषतायुक्त समाजवादको महान् झण्डालाई उठाउँदै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनमा तय भएका लक्ष्य र कार्यहरू पूरा गर्न देशभरिका विभिन्न जातिका जनतालाई एकताबद्ध पारेर नेतृत्व गरी प्रयास गर्दै जानेछ।