सीपीसीको २० औँ महाधिवेशन सम्पन्न
2022-10-22 14:16:31cri
Share with:

सात दिनसम्म चलेको चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन अक्टोबर २२ बिहान पैचिङस्थित जनबृहत सभाभवनमा सम्पन्न भएको छ।

महाधिवेशनले पार्टीको २०औँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोग निवार्चित गरेको छ। साथै पार्टीको १९ औँ केन्द्रीय समितिको प्रतिवेदन सम्बन्धी निर्णय-प्रस्ताव, १९ औँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको कार्यप्रतिवेदन सम्बन्धी निर्णय-प्रस्ताव र चिनियाँ कम्युनिस्ट पार्टीको विधान (संशोधितमसौदा) सम्बन्धी निर्णय-प्रस्ताव पनि पारित गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन तथा केन्द्रीय समिति नै चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वदायी अंग हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा आयोजना हुने गर्छ।