अन्तर्राष्ट्रिय समुदायबाट चीनले अगाडि सारेको मानवभाग्य समुदाय धारणाको प्रशंसा
2022-10-23 16:41:38cri
Share with:

अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षित गराएको सीपीसी २०औँ महाधिवेशन अक्टोबर २२ तारिख पैचिङमा सम्पन्न भएको छ। चीनले आपसी हित तथा विजयी खुलापन रणनीतिको सुदृढताका साथ पालना गर्ने, द्वीपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सहयोगलाई अगाडि बढाउने, विश्वको विकासका लागि नयाँ शक्तिको साझा विकास गर्ने, संरक्षणवादको विरोध गर्ने, व्यापक विकासुन्मुख देशको विकासलाई समर्थन तथा सहयोग गर्ने आदि विषयमा महाधिवेशनले प्रकाश पारेको छ। जसलाई अन्तर्राष्ट्रिय गन्यमान्य व्यक्तिबाट सक्रिय मूल्याङ्कन गरिएका छन्।

थ्याइल्याण्ड काँग्रेसका अध्यक्ष च्वान लीकफाइका अनुसार, सुन्दर भाविष्य साकार पार्न बहुपक्षीयता हुनुपर्छ र विश्वका सबै समस्या केही देशबाट निर्णय गरिनुहुँदैन र न्याय तथा निष्पक्ष आधारमा सहयोग गर्नुपर्ने कुरा चिनियाँ सर्वोच्च नेताले स्पष्ट रूपमा बुझ्नु भएको विषय महत्वपूर्ण रहेको छ।

जापानी मेइजी गाकुयन विश्वविद्यालयका अन्तर्राष्ट्रिय शान्ति अनुसन्धानका अनुसन्धानकर्ता इशिदा ताकाशीले वर्तमान महामारी तथा जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा चिनियाँ कम्युनिष्ट पार्टीले विश्वसँग वार्ता तथा कुराकानी गर्न अडिग रहेर खुला तथा सहिष्णु धारणामा मानव भाग्य समुदाय र बहुपक्षीयता लगायत विचारको पालना गरेको भन्दै चीन विश्वको शान्तिको सुरक्षा गर्ने दृढ शक्ति पुष्टि भएको बताउनुभएको छ।

जापानी हिगाशी निप्पोन अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रोफेसर सायओनजी काचुतेरूले सी चिनफिङले प्रस्तुत गर्नु भएको मानव भाग्य समुदायको धारणा विश्वको विकास गर्ने निर्देशन बन्ने कुरा प्रकट गर्नुभयो। शान्ति, बहुपक्षीयता, स्वतन्त्र व्यापार तथा आपसी सभ्यताको सिकाइमा अडिग रहेको चीनले विश्वको व्यवस्थापनमा अझ बढी भूमिका खेल्ने प्रतीक्षा रहेको उहाँले बताउनुभयो।

टर्कीका सम्वाददाता मेहमेट अली गुल्लेरले चिनियाँ “बेल्ट एण्ड रोड”पहलले वरिपरिका मुलुक तथा क्षेत्रलाई विकास अवसर दिनुका साथै विश्वव्यापी विकास पहल तथा विश्वव्यापी सुरक्षा पहलले विश्वको शान्ति, साझा विजय तथा विकासका लागि दिशानिर्देश गरेको बताउनुभयो। अन्तर्रष्ट्रिय परिस्थिति झन् जटिल भएको वर्तमान अन्तर्राट्रिय मञ्चमा चीनले अझै महत्वपूर्ण भूमिका खेल्ने आशा उहाँले व्यक्त गर्नुभयो।