सीपीसीको २०औं महाधिवेशन सफलतामा विश्वबाट बधाई ज्ञापन
2022-10-23 16:53:04cri
Share with:

चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा हालै विश्वका विभिन्न देशका विशिष्ट व्यक्तिहरू र समाजका विभिन्न क्षेत्रहरूले बधाई ज्ञापन गरेका छन्।

बधाइ सन्देशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले भन्नुभयोः कमरेड सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको नेतृत्वमा चीनले आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकासमा प्रशंसनीय उपलब्धि हासिल गरेको छ।

बधाइ सन्देशमा मलावी कंग्रेस पार्टीका अध्यक्ष एवं देशका अध्यक्ष लाजरस मेकार्थी चकवेराले भन्नुभयोः चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले समाजवादी निर्माणको नयाँ यात्रामा नयाँ उपलब्धि हासिल गर्न चीनलाई मार्गदर्शन गर्नुका साथै चिनियाँ लगायत विश्वका विभिन्न मुलुकका जनतालाई फाइदा पुग्ने मेरो विश्वास छ।

यसका अतिरिक्त, पपुवा न्यु गिनी, लेसोथो, पूर्वी टिमोर, मोन्टेनेग्रो, फ्रान्सका पार्टीका नेताहरूले पनि बधाई सन्देश पठाउनुभएको छ।