चिनियाँ कम्युनिष्ट पार्टी २० केन्द्रीय समितिको पहिलो पूर्ण बैठक
2022-10-23 14:09:32cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको पहिलो पूर्ण बैठक अक्टोबर २३ तारिख पैचिङमा आयोजित भएको छ।

उक्त पहिलो पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिका २०३ जना सदस्य तथा १६८ जना वैकल्पिक सदस्यहरु सहभागी भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्यहरु पनि उक्त बैठकमा सहभागी भएका छन्।

 

सी चिन फिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ। सी चिनफिङ महासचिवमा पुनः निर्वाचित भएपछि उहाँले महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।