सीपीसी २० औं अधिवेशनबाट पार्टीको विधानको संशोधित मसौदा पारित
2022-10-23 16:39:16cri
Share with:

अक्टोबर २२ मा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन सम्पन्न भयो। सो अधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको विधान (संशोधित मसौदा) पारित भयो। जसमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनदेखि नयाँ युगमा सी चिनफिङको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई पार्टीको विधानमा समेट्ने निर्णय भएको छ। साथै पार्टीको विधानमा राखिएको संघर्षका लक्ष्यहरूको अभिव्यक्तिलाई सुधार गरेर चीनको आर्थिक र सामाजिक विकासको रणनीतिक लक्ष्यलाई स्पष्ट पारिएको छ। सन् २०३५ मा समाजवादी आधुनिकिकरणलाई आधारभूत रूपमा साकार तुल्याइने र यसै शताब्दीको मध्यकालसम्म चीनलाई समाजवादी आधुनिकिकरणको बलियो देश बनाइने "दोस्रो शताब्दी लक्ष्य" निर्धारण गरिएको छ।

२० औं महाधिवेशनले प्रस्तुत गरेको 'चिनियाँ शैलीमा आधुनिकीकरणले चिनियाँ राष्ट्रको महान् पुनरूत्थानलाई अघि बढाइने'नीतिलाई पार्टीको केन्द्रीय कार्यका रूपमा समेटिने विषयलाई विधानमा राख्ने निर्णय भएको छ।

पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्र लगायतका विषयलाई पार्टीको विधानमा समावेश गर्ने महाधिवेशनले निर्णय गरेको छ।

शान्ति, विकास, समता, न्याय, लोकतन्त्र र स्वतन्त्रता विषयक सम्पूर्ण मानवजातिका साझा मूल्य मान्यतालाई विस्तार गर्ने, दीर्घकालीन शान्ति, सार्वभौमिक सुरक्षा, साझा समृद्धि, खुलापन र समावेशिता र स्वच्छ र सुन्दर विश्वको निर्माण गर्ने विषयलाई पार्टी विधानमा लेखिएको छ।

पार्टीको आत्मनिर्माणको सन्दर्भमा पार्टीको मुख्य निकायको कडाइका साथ सञ्चालन गर्ने जिम्मेवारीलाई तथा पर्यवेक्षणको जिम्मेवारीलाई सुदृढ तुल्याउने विषयलाई पनि पार्टीको विधानमा लेख्ने निर्णय भएको छ।

बदलिँदो स्वदेशी र अन्तर्राष्ट्रिय परिस्थिति वमोजिम, हरेक ५ वर्षमा सीपीसीको महाधिवेशनले पार्टी विधानको संशोधन गर्दछ। पार्टीको आत्म-निर्माण र चीनको विभिन्न क्षेत्रका कार्यहरूलाई निरन्तर अगाडि बढाउनका लागि विधानको ठूलो महत्व हुने गर्छ।