सीपीसीको नयाँ यात्रा महिमा र सपनाले भरिएको अभियान रहेको महासचिव सी चिनफिङको भनाइ
2022-10-23 14:06:05cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्यहरूलाई चिनियाँ तथा विदेशी पत्रकारहरूसँगको भेटमा सी चिनफिङले नयाँ यात्रा महिमा र सपनाले भरिएको यात्रा भएको कुरामा जोड दिनुभयो। खाका कोरिएको र हर्न बजाइएको भन्दै सबैले कडा परिश्रम गर्नुपर्ने कुरामा उहाँले बताउनु भएको छ। साहसका साथ अगाडि बढ्दै उज्यालो भविष्य सिर्जना गर्न प्रयास गर्नुपर्ने कुरामा नेता सीले प्रष्ट पार्नु भएको छ।

सी चिनफिङले यात्रा लामो रहेको र अगाडि स्पष्ट मार्ग देखिएको बताउनु भयो। अगाडिको बाटोमा चाहे तेज हावा होस् वा उथलपुथल ल्याउने छालहरू भए पनि जनता सधैं बलियो समर्थन दिँदै सबैभन्दा शक्तिशाली विश्वास दिएको उहाँले बताउनुभयो।

सुख र दुःख जे भए पनि सधैँ जनतासँग उभिनुपर्छ भन्दै जनतासँग गहिरो सम्बन्ध राख्नुपर्ने र जनताको राम्रो जीवनको चाहनालाई निरन्तर वास्तविकतामा परिणत गर्नुपर्छ भन्ने कुरामा सी चिनफिङले जोड दिनुभयो।

सीले नयाँ यात्राका सामु नयाँ चुनौति देखापरेको पनि बताउनुभयो।

धेरै सतर्कता राख्दै द्दढताका साथ पार्टीको शासन गर्नुपर्ने र  सधैं चिनियाँ जनताको सबैभन्दा भरपर्दो र बलियो शक्ति बन्ने विचार पनि उहाँले व्यक्त गर्नुभएको छ।