अमेरिकी स्कुलमा रङ्गभेद
2022-10-23 19:07:40cri
Share with:

अमेरिकाका कयौँ विद्यालयहरुमा अहिले पनि रङ्गभेदी क्रियाकलाप हुने गरेको पाइएको छ। अलजजिरा अनलाइनका अनुसार अमेरिकी धेरै राज्यमा सञ्चालित विद्यालयहरुमा विभेदकारी शिक्षा रहेको र यसले बालबालिकाको दिमागमा नराम्रो असर परेको समाचार सम्प्रेषण गरेको छ।

कतै विद्यार्थीहरुले गोरा मात्र भन्ने नारा लेखेका छन् भने कतै अश्वेत मात्र भन्ने। खासगरी विद्यालयको पानीको फोहोरामा यस्तो लेखिएको देखेपछि फोटो खिचेर विद्यार्थीहरुले सामाजिक सञ्जालमा हालेका थिए।

अमेरिकामा रहेका १४ हजार भन्दा बढी विद्यालयहरुमा रङ्गभेद झल्किने कार्य भएको भन्दै सूचना जारी गरिएको छ।

अमेरिकी स्कुलमा एकपछि अर्को गर्दै रङ्गभेदी कार्य हुनु आफैँमा दुःखद कुरा हो। जसले विश्वमा समानता सिकाउँछ त्यही क्षेत्रका स्कुलमा विभेद हुने गरी शिक्षा दिँइँदा अमेरिकाले आफ्नै अनुहारमा कालो पोतिरहेको छ।