सबै जनताको साझा समृद्धि हासिल गर्नु दीर्घकालीन ऐतिहासिक प्रक्रिया
2022-10-24 14:48:34cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नीति अनुसन्धान कार्यालयका निर्देशक च्याङ चिन छ्यानले २४ तारिख आयोजित पत्रकार सम्मेलनमा सबै जनताको साझा समृद्धि हासिल गर्नु नै दीर्घकालीन ऐतिहासिक प्रक्रिया भएको बताउनुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदनको व्याख्या गर्दे चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पत्रकार सम्मेलनमा च्याङ चिन छ्यानले चीन अझै पनि विकासोन्मुख देश रहेको उल्लेख गर्नुभयो। उहाँले आर्थिक तथा सामाजिक विकासका नियमहरू पालना गर्नुपर्छ भन्दै सामाजिक उत्पादक शक्तिहरूको थप विकास गर्नुपर्छ, निरन्तर सामाजिक सम्पत्ति सिर्जना र सञ्चय गर्नुपर्छ, र जनताको जीवनस्तरमा निरन्तर सुधार गर्नुपर्छ भन्नुभयो।

 

उहाँले भन्नुभयो: “प्रभावकारी कदम चाल्न, सक्रिय अवस्था सिर्जना गर्न, प्रणालीमा सुधार गर्न र आय वितरणको अन्तरलाई क्रमशः कम गर्न आवश्यक छ।