आधुनिक समाजवादी देशको चौतर्फी निर्माणको मुख्य काम उच्च गुणस्तरीय विकास
2022-10-24 14:47:25cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको दैनिक कार्यभार तथा सुधार कार्यालयका उपनिर्देशक एवम राष्ट्रिय विकास तथा सुधार आयोगका उपनिर्देशक मु होङले २४ तारिख कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

 

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले उच्च गुणस्तरीय विकासलाई चौतर्फी रूपमा आधुनिक समाजवादी देशको निर्माण गर्ने प्राथमिक कार्यको रूपमा स्पष्ट पहिचान गरेको तथा विकासको गुणस्तरलाई विश्वव्यापी र दीर्घकालीन महत्वको साथ थप प्रकाश पारेको औँल्याउनुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदनको व्याख्या गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पत्रकार सम्मेलनमा उपनिर्देशक मु होङले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदनले उच्च गुणस्तरको विकासलाई कसरी प्रवर्द्धन गर्ने भन्ने रणनीतिक धारणा प्रस्तुत गरेको पनि औँल्याउनुभयो।