चीनलाई अरू मुलुकको विकास मोडेल चाहिँदैन न त अरू मुलुकलाई आफ्नो मोडेल निर्यात गर्छ
2022-10-24 15:26:03cri
Share with:

अक्टुबर २४ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको कार्य प्रतिवेदनको व्याख्या गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत प्रचार मन्त्रालयका उपमन्त्री सुन ये लीले चीनला अरू मुलुकको विकास मोडेल नचाहेको तथा अरू मुलुकलाई पनि फ्नो चीनको विकास मोडेल निर्यात नगर्ने औँल्याउँदै अरू मुलुकला चीनको तरिका नक्कल गर्न आग्रह नगर्ने पनि बताउनुभएको छ।

 

हरेक मुलुकले आफ्नो राष्ट्रिय अवस्था अनुकूल विकासको बाटो खोज्ने प्रयासको सम्मान गरिनुपर्ने औँल्याउँदै उपमन्त्री सुनलेचिनियाँ शैलीको आधुनिकीकरणले मानवजातिको आधुनिकीकरणला साकार तुल्याउन नयाँ छनौटको प्रदान गरेको भन्दै अन्तर्राष्ट्रिय समाजले चीनको अनुभव र तरिकाको जानकारी लिन चाहेको खण्डमा चीनले निष्पक्ष र वास्तविक रूपमा जानकारी दिने साथै चीनले पनि अरू मुलुकको अनुभव सिक्न चाहने उपमन्त्री सुनले बताउनुभएको छ।