चीनको विकास एउटा चमत्कार हो चाडका युवाको भनाई
2022-10-24 09:42:45cri
Share with:

सन् २०१३ मा चीनले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरेको थियो। त्यस बेला हारपिनमा अध्ययनरत चाडका युवा अहमद इसाले सो प्रस्तावले आफ्नो जन्मस्थललाई ठूलो परिवर्तन ल्याउने विचार गरेका थिएनन्। र केही वर्षपछि आफ्नो जीवन र काम पनि “बेल्ट एण्ड रोड” सँग घनिष्ठ सम्बन्ध रहला भनेर उनले सोचेका थिएनन्।

 

दश वर्षअघि इसाले चीनमा अध्ययन गर्ने निर्णय गर्दा उनका साथीहरुले उनलाई रोक्न खोजेका थिए।

मेरा ८० प्रतिशत भन्दा बढी सहपाठीहरु विदेशमा अध्ययन गर्न मन चाहन्थे। त्यस बेलामा हाम्रा मुख्य गन्तव्य स्थलहरु युरोप र अमेरिका थिए, थोरै विद्यार्थीले मात्रै एसिया विशेष गरी चीन जाने इच्छा राख्थे। मैले चीनमा केही नयाँ कुरा सिक्ने इच्छा गरेको थिएँ।

 

दश वर्षअघि इसा चढ्ने विमानले पैचिङ राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा आफ्नो रोजाई ठीक भएको उनको विचार थियो।

 

राजधानी अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कँदा मलाई आश्चर्य लाग्यो। किनभने यहाँ र मेरो विचारमा भएको चीन पूरै फरक थियो। मेरो विचारमा चीनमा जताततै धेरै साइकलहरु हुन्छन्। तर यहाँ आएपछि यस्तो होइन भन्ने मैले थाहा पाएँ।

 

त्यसपछि इसाले सुचारु रुपमा स्नातकोत्तरको डिग्री प्राप्त गर्दै राम्रो चिनियाँ भाषा बोलेर आफूलाई “चाङ श्याउ छ्याङ” भन्ने चिनियाँ नाम दिएका थिए। उनी चीनको जीवनसित पूर्ण रुपमा अभ्यस्त भए। दश वर्ष वितिसकेपछि, हाल उनलाई सधैँ उनका साथीहरुले चीनमा अध्ययन गर्नेबारेमा सोध्छन्।

मेरो सम्झनामा सन् २०१५ अथवा सन् २०१६ देखि मलाई चीनमा पढ्न कसरी आउने भन्ने प्रश्नहरु बढ्दै आएको छ। किनभने अफ्रिकीहरुले चीनबारे जानकारी लिएपछि चीन आउने चासो पनि बढ्दै आएको छ।

 

चीनले प्रस्तुत गरेको “बेल्ट एण्ड रोड”बाट लाभान्वित भएर अफ्रिकाको मध्य भागमा रहेको चाडले चीनबारे अरु बढी जानकारी प्राप्त गरेको ठहर इसा गर्छन्।

घर फर्कँदा मैले मेरो जन्मस्थलमा फड्कोमार्ने परिवर्तन भएको पाएँ। यो परिवर्तन सन् २०१३ मा चीनले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरेपछि भएको हो। धेरै उत्कृष्ट चिनियाँ व्यवसायहरुले तिब्र गतिले अफ्रिकामा प्रवेश गरी मेरो जन्मस्थलमा पूर्वाधारको निर्माण लगायत परियोजनाको कार्यान्वयन गरेको छ। एक दशकको छोटो अवधिमा चीन र अफ्रिका बीचको सहयोग फलदायक रहेको छ।

 

चीन र अफ्रिका बीचको सहयोग फलदायक रहेको कुरा इसाको व्यक्तिगत अनुभव मात्र होइन। प्राप्त तथ्याँक अनुसार, सन् २०२१को अन्त्यसम्म चीनसँग कूटनीतिक सम्बन्ध स्थापित ५३ अफ्रिकी मुलुकहरुमध्ये ५२ मुलुक र अफ्रिकी संघ समितिले चीनसँग “बेल्ट एण्ड रोड” सम्बन्धी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेका छन्। “बेल्ट एण्ड रोड”का लागि अफ्रिका एउटा सबैभन्दा महत्वपूर्ण विषय बनेको छ।

 

“बेल्ट एण्ड रोड”ले इसाको कामका लागि अवसर प्रदान गरेको छ। चीनमा अध्ययन गर्दा उनले आफ्ना सहपाठीहरुसँग अफ्रिका-चीन व्यापारका लागि स्वरोजगारी स्वरूप व्यापार कम्पनी खोलेका थिए। उनको नजरमा चीनको विशाल बजारले चीनमा धेरै अवसर पाइन्छ।

स्वरोजगारीका लागि चीनमा सबैभन्दा उपयोगी वातावरण छ। चीनमा एक अर्ब भन्दा बढी जनसंख्या छ। चीनको विशाल बजार छ र चिनियाँहरु धेरै मिहिनेती छन्। यहाँ बस्दा अल्छि लाग्ने कारण छैन।

अहिले इसा चुङ क्वान छुनको “बेल्ट एण्ड रोड” सम्बन्धी उद्योग समितिका अन्तर्राष्ट्रिय मेनेजर हुन्। उनले यस्तो अवसर छोपेर अफ्रिका चीन मित्रताका लागि योगदान पुर्‍याउनसक्ने आशा गरेका छन्।