चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठकद्वारा विज्ञप्ति प्रकाशित
2022-10-24 18:53:21cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठकको सन् २०२२ को अक्टोबर २३ तारिख पैचिङमा आयोजना भएको छ।

 

२०३ जना केन्द्रीय सदस्य र १६८ जना वैकल्पिक केन्द्रीय सदस्य सो पूर्ण बैठकमा सहभागी भए। केन्द्रीय अनुशासन अनुगमन समितिका सदस्यहरु पनि सो बैठकमा उपस्थित थिए। सी चिन फिङले सो बैठकको अध्यक्षता गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महासचिव निर्वाचित भएपछि महत्वपूर्ण भाषण दिनुभयो।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा केन्द्रीय राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय राजनीतिक व्यूरोको स्थायी समितिका सदस्य, केन्द्रीय समितिका महासचिव निर्वाचित भएको छन्। केन्द्रीय राजनीतिक व्यूरोको स्थायी समितिको मनोनयन बमोजिम केन्द्रीय सचिवालयका सदस्यहरुलाई अनुमोदन गरिएको छ। केन्द्रीय सैन्य आयोगका सदस्यहरु तोकिएको छ। २०औं केन्द्रीय अनुशासन अनुगमन समितिको पहिलो पूर्ण बैठकमा निर्वाचित सचिव, उप-सचिव र स्थायी समितिका सदस्यहरु अनुमोदन गरिएको छ।