विश्वद्वारा चीनको विकासबाट ल्याइएको नयाँ अवसरको उपभोग
2022-10-24 17:40:57cri
Share with:

“अहिले हामीले उत्साहजनक रुपमा समाजवादी आधुनिक देशको चौतर्फी रुपमा निर्माणको नयाँ यात्रा थालेर दोस्रो शतवार्षिकी लक्ष्यतर्फ अघि बढ्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् चीन राष्ट्रको महान पुन:उत्थानलाई अघि बढाउँदै छौं।’ चिनियाँ कम्युनिष्ट पार्टीको २०‌औं केन्द्रीय राजनीतिक व्यूरोका स्थायी सदस्यहरुले अक्टोबर २३ तारिख मध्यान्ह चीन र विदेशका पत्रकारहरुसँग साक्षात्कार गरे।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले आफ्नो सम्बोधनमा नयाँ युग र नयाँ यात्रामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय जिम्मेवारीबारे प्रष्ट पार्दै सुन्दर जीवनप्रति चिनियाँ जनताको अभिलाषालाई साकार तुल्याउनुपर्ने र चीनको विकासबाट विश्वलाई अरु बढी अवसर प्रदान गरिनुपर्ने कुरामा जोड दिनुभयो।

 

वर्तमान चीन बुझ्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझ्नुपर्छ। भर्खरै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको २०‌औं महाधिवेशनले नयाँ युग र नयाँ यात्रामा रहेको चीनले दोस्रो शतवार्षिकी लक्ष्य पूरा गर्नका लागि अभिभारा सुम्पनुका साथै अन्तर्राष्ट्रिय समाजले चिनियाँ कम्युनिष्ट पार्टीजस्तै कसरी देशको प्रशासन गर्ने भन्ने जानकारी पाउनका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

 

एक सय वर्षको प्रयासपछि चिनियाँ कम्युनिष्ट पार्टी नयाँ परीक्षाको  यात्रामा अघि बढिरहेको छ।  समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माणको नयाँ यात्रामा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई डोर्‍याएर विश्वको अरु ठूलो चमत्कार सिर्जना गर्न, अरु राम्रोसँग घरेलु विकास गर्नुका साथै विश्वलाई अरु बढी हित कल्याण ल्याउन विश्वस्त र सक्षम हुनेछ।