भ्रष्टाचारविरुद्धको लामो लडाइँमा दृढतापूर्वक विजय हासिल गरिने
2022-10-24 14:54:36cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन निरीक्षण केन्द्रीय आयोगको प्रचार विभागका निर्देशक वाङ च्येन सिनले भ्रष्टाचारविरुद्धको लामो लडाइँमा दृढतापूर्वक विजय हासिल गर्ने बताउनुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदनको व्याख्या गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पत्रकार सम्मेलनमा वाङ च्येन सिनले नयाँ युगको दश वर्षमा भ्रष्टाचारविरुद्धको लडाइँमा उपलब्धि हासिल गरिनुकासाथै विश्वको ध्यानाकर्षण भए तापनि भ्रष्टाचारविरुद्धको लडाइँको अवस्था अझै गम्भीर र जटिल रहेको बताउनुभयो।

 

उहाँले भ्रष्टाचारविरुद्धको लडाइँमा नेतृत्वदायी भूमिका खेल्ने पार्टीको जिम्मेवारी प्रणालीमा सुधार गर्दै भ्रष्टाचारविरुद्ध लड्न शून्य सहनशीलताका साथ दण्डित गर्न आवश्यक रहेको बताउनुभयो।