पहिलो तीन त्रैमासिकमा चीनको उपभोग बजारको विस्तार
2022-10-25 15:16:48cri
Share with:

चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोले अक्टुबर २४ तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार, तेस्रो त्रैमासिकमा चीनको उपभोग बजार स्थिर रूपमा विस्तार हुँदै बजारको विक्री रकममा वृद्धि भएको छ। 

तथ्याङ्क अनुसार, पहिलो तीन त्रैमासिकमा सामाजिक उपभोग सामग्रीको खुद्रा-विक्रीको कूल रकम ३२०खर्ब चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा ०.७ प्रतिशतले वृद्धि भएको छ। उक्त वृद्धि दर जनवरीदेखि अगस्टसम्मको वृद्धि दरभन्दा ०.२प्र तिशतले बढेको छ। 

तेस्रो त्रैमासिकदेखि चीनको वाणिज्य मन्त्रालयले श्रृंखलाबद्ध कदमहरू चालेर भोजनालय, होटेल आदि व्यवसायको पुनःउत्थान गरेको छ। पैचिङ, शाङहाई, क्वीचौ र च्याङसी प्रान्त आदि ठाउँमा उपभोग कूपन, सरकारी सहायता वितरण तरिकाबाट उपभोगको जीवन्त शक्तिलाई उकास्न खोजिएको छ।