#अल्पसंख्यक जाति# चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनका प्रतिनिधि चाङ क्विमैको नयाँ सपना
2022-10-25 09:10:58cri
Share with:

चिनियाँ युन्नान प्रान्तीय लीच्याङ शहर नासी, लीसु, यी, ताइ, बाइ, भूमि, तिब्बतलगायत २२ जातिहरूको बहु-जातीय बसोबास क्षेत्र हो। चाङ क्विमै युन्नान प्रान्तीय लीच्याङ ह्वाफिङ महिला उच्च माध्यमिक विद्यालयका निर्देशक हुनुहुन्छ।

 

पैचिङमा २०औं महाधिवेशनमा भाग लिने बेलामा चाङ क्वीमैले पनि विद्यालयमा छिटै उठ्ने बानी कायम राख्नुभएको छ। विहानसबेरै लगभग ५ बजेतिर उहाँ उठ्नुभयो। यद्यपि विद्यालयमा जस्तै गस्ती गर्नुपर्दैन भने उहाँले व्यस्त रूपमा महाधिवेशनसम्बन्धी कार्य सुरू गर्नुभयो। लामो र कडा परिश्रम गरेको हुनाले चाङ क्वीमैको खुट्टा-हात दुख्ने गर्छन्। उहाँको खुट्टा सुनिएको हुनाले हिँड्न अलि गाह्रो छ। उहाँको हातमा प्लास्टर पनि छ। तर उहाँले हरेक दिन महाधिवेशनका दस्तावेजहरू कडा रूपमा पढेर भाषण तयार गर्नुभएको छ।

यो चाङ क्वीमैले पहिलोपटक पार्टीको राष्ट्रिय महाधिवेशनमा भाग लिनु होइन। सन् २००७ अक्टोबरमा तत्कालीन ह्वाफिङ जिल्ला जाति माध्यमिक विद्यालयकी शिक्षक भएको चाङले प्रतिनिधिको हैसियतमा १७ औँ महाधिवेशनमा भाग लिनुभएको थियो। त्यसबेला अन्तर्वार्ता दिँदै उहाँले आफ्नो सपना व्यक्त गर्नुभयो। “पहाडी क्षेत्रका केटीहरूलाई सिकाउनका लागि मैले एउटा निशुल्क महिला उच्च-माध्यमिक विद्यालयको स्थापना गर्न खोजेकी छु। यो मेरो सपना हो।”

 

सन् २००८ सेप्टेम्बरमा पार्टी, सरकार र समाजको सहयोगमा चाङ क्विमैले अन्त्यमा सपना साकार गर्नुभयो। चीनमा पहिलो निशुल्क महिला उच्च माध्यमिक विद्यालय युन्नान प्रान्तीय लीच्यङ शहरी ह्वाफिङ महिला उच्च-माध्यमिक विद्यालय स्थापित भयो।

 

हालयता उक्त उच्च-माध्यमिक विद्यालयबाट २००० जनाभन्दा बढी विद्यार्थीहरू विश्वविद्यालयमा भर्ना भएका छन्। त्यसमध्ये धेरैनाले विश्वविद्यालयबाट स्नातक भएर शिक्षिका, चिकित्सक, सैनिक र प्रहरी बनेका छिन्। “मलाई सबैभन्दा खुशी लागेको कुरा के हो भने, महिलाहरूले विद्यालयको शिक्षा विर्सेका छैनन्। पार्टी र देशले जहाँ चाहिंने उनीहरू त्यहाँ गएका छन्।  केही मान्छेले स्नातक भएर तिब्बतमा सैनिक बनेका छन्, केहीले शहरको कार्य छोडेर फर्केर जन्मथलोको निर्माण गरेका छन्।” चाङ क्वीमैले भन्नुभयो।

 

महासचिव सी चिनफिङले पेश दिनुभएको प्रतिवेदनबारे भन्दै चाङलाई उत्साहित लाग्यो।

“महासचिव सीले जोड दिनुभयो, जनतालाई सन्तोष लागेको शिक्षा राम्रोसँग विकास गर्नुपर्छ। पार्टीको १८औं महाधिवेशनयता शिक्षा तिव्र गतिले विकसित भएको छ। कति अग्लो पहाड, गहिरो नदी वा टाढा मार्ग भए तापनि जसले बच्चहरू पढ्न रोक्नसक्दैन।”

 

चाङ क्वीमैको नयाँ सपना बच्चहरूलाई राम्ररी पढ्न लगाउनु हो।

“मेरो सपना प्रतिवेदनमा प्रस्तुत भएको ग्रामीण क्षेत्रको पुनर्त्थान र विज्ञान तथा शिक्षाबाट देशको उत्थान रणनीतिसित जोडिएको छ। शहरका उच्चस्तरीय शिक्षक, विश्वविद्यालयबाट स्नातक विद्यार्थीहरू ग्रामीण क्षेत्रमा आएर शिक्षामार्फत् ग्रामीण क्षेत्रको विकास गर्ने आशा गर्छौं।”