सी चिन फिङद्वारा सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको पहिलो सामूहिक अध्ययन कार्यक्रमको अध्यक्षता
2022-10-26 14:48:42cri
Share with:

अक्टोबर २५ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरोले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको भावनाको अध्ययन र कार्यान्वयनसम्बन्धी पहिलो सामूहिक अध्ययन गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त समारोहको अध्यक्षता गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले राजनीति, सिद्धान्त र व्यवहारमा विभिन्न महत्वपूर्ण उपलब्धि हासिल गरेको र मुख्य योजनाहरू बनाएको कुरामा जोड दिनुभयो। २०औँ महाधिवेशनले नयाँ युग र नयाँ यात्रामा पार्टी र देशको विकासका लागि नीति तथा रणनीतिक योजनालाई तर्जुमा गरेको उहाँले बताउनुभयो। २०औँ महाधिवेशन चौतर्फी रुपमा आधुनिक समाजवादी देश निर्माण गर्न र चिनियाँ राष्ट्रको महान कायाकल्पलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने हाम्रो पार्टीको राजनीतिक घोषणा र कार्ययोजना हो।