यदि अफ्रिकालाई साँचो सहायता दिने हो भने वाशिन्टनले सर्वप्रथम अफ्रिकामाथिको नाकाबन्दी हटाउनुपर्छ
2022-10-26 20:17:46cri
Share with:

अक्टोबर २५ तारिख दक्षिण अफ्रिकी मुलुकहरुको विकास समुदायले निर्धारण गरेको नाकाबन्दी विरुद्धको दिवस हो। यस अवसरमा धेरै अफ्रिकी मुलुकहरुले अमेरिका लगायत पश्चिमी मुलुकहरुलाई जिम्बावेमाथि गरिएको नाकाबन्दी हटाउन पुन:एक पटक अपील गरेका छन्। केही दिनअघि संयुक्त राष्ट्र संघको ७७औं सामान्य वहस प्रक्रियामा नामिबियाका राष्ट्रपति हाग गैनगोबले अमेरिका लगायत पश्चिमी मुलुकहरुले लामो समयदेखि अफ्रिकामाथि लगाएको अबैध नाकाबन्दीको कडा शब्दमा निन्दा गर्नुभयो। उहाँले जिम्बावे नाकाबन्दीको ठूलो दबावबाट मुक्त भएर विकासको अवसर प्राप्त गर्नुपर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय समाजले उहाँको धारणाप्रति व्यापक समर्थन गरेको छ।

 

अमेरिकाले जिम्बावेमाथि लगाएको एकतर्फी नाकाबन्दी अहिलेसम्म २० वर्षभन्दा लामो समय भएको छ। प्राप्त तथ्यांक अनुसार, विगत २० वर्षयता बाह्य क्षेत्रले जिम्बावेमाथि नाकाबन्दी लगाएका कारण जिम्बावेको आर्थिक क्षति ४० अर्ब अमेरिकी डलर भन्दा बढी छ। अमेरिका लगायत पश्चिमी मुलुकहरुले दीर्घकालीन अवधिदेखि गरेको नाकाबन्दीले जिम्बावेको राष्ट्रिय सार्वभौमिकता र विकासको अधिकार उल्लंघन गरी आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नुहुँदैन भन्ने अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्ड विपरीत गरेकोले अमेरिका लगायत पश्चिमा मुलुकहरुको निन्दा गर्नुपर्ने ठहर अन्तर्राष्ट्रिय समाजले गरेको छ।

 

हाल युक्रेन संकट चर्कंदै आएको परिप्रेक्षमा अन्नबालीको सुरक्षाको संकट र उर्जाको संकट लगायत जोखिम बढ्दै आएको छ, जसले अफ्रिकी मुलुकहरुमा ठूलो चुनौति ल्याएको छ। यद्यपि अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी मुलुकहरुले अफ्रिकाको विकासलाई वास्ता नगरी अफ्रिकालाई अरु बढी नाकाबन्दी गरेका छन्। यदि अफ्रिकालाई साँचो सहायता गर्ने हो भने वाशिन्टनले सर्वप्रथम अफ्रिकामाथि गरिएको नाकाबन्दी हटाउनुपर्छ।