सोङ राजवंश-1
2022-10-26 09:08:34cri
Share with:

सन् 960 मा सोङ थाइ चु चाउ ख्वाङ इनले छिन छ्याऊ सैनिक विद्रोह गरी सोङ राजवंशको स्थापना गरे। चीनको इतिहासमा भनिएको “पाँच राजवंश, दश राज्य”को अवस्थाको अन्त्य भएदेखि सन् 1279 मा युआन राजवंशबाट सोङ राजवंशलनई नष्ट पारेको समयसम्म सोङ राजवंशले जम्मा 319 वर्षसम्म चीनमा शासन गरेको थियो। सोङ राजवंशलाई पै सोङ अर्थात् उत्तरी सोङ राजवंश तथा नान सोङ अर्थात् दक्षिणी सोङ दुइवटा अवधिमा विभाजित गरिएको छ। पै सोङ राजवंशकालमा छी तान जातिले चीनको उत्तरी क्षेत्रमा ल्याउ राज्य(947-1125) स्थापित गर्‍यो। ताङ स्याङ मानिसहरुले सोङ राजवंशको उत्तर-पश्चिमी क्षेत्रमा सी स्या राज्य(1038-1227)को स्थापना गरे। सन् 1115 मा न्यु चन मानिसहरुले उत्तरी क्षेत्रमा जीन राज्य(1115-1234) स्थापित गरे। जीन राज्यले सन 1125मा ल्याउ राज्यलाई नष्ट पारी सन 1127मा सोङ राजवंशको तत्कालीन राजधानी काइ फङमा प्रवेश गर्‍यो। जीन राज्यले सोङ राजवंशका दुइजना राजा ह्वै तथा छीनलाई पक्राऊ गरी लगेको थियो। त्यसपछि पै सोङ अर्थात् उत्तरी सोङ राजवंश समाप्त भयो। सोङ काउ चुङ चाउ कौले नान चीन ( अहिलेको ह नान प्रान्तको शाङ छ्यौ)मा राज्यरोहण गरे। अनि त्यसपछि भागरे तत्कालीन लीन आन(अहिलेको हाङ चौ) सम्म पुगे। त्यहाँ उनले नान सोङ अर्थात दक्षिणी सोङ राजवंशको स्थापना गरे। पै सोङ राजवंश कालमा पै सोङ र ल्याउ, स्या, जीन राज्य बीच युद्ध भयो भने नान सोङ राजवंशकालमा सोङ राजवंश कमजोर हुदैगयो।

पै सोङले उत्तरी क्षेत्रको एकीकरण गरेपछि समाजमा अर्थतन्त्र, सँस्कृतिको निकै विकास भयो। त्यस बेला, समुद्रपार वैदेशिक व्यापार पनि निकै राम्रो देखिन्थ्यो। फयान चुङ यान तथा वाङ आन श यी दुइ जनाको कानूनी सुधारले पै सोङलाई दीर्धकालीन रुपमा सबल स्थितिमा नपुर्‍याए तापनि केही सामाजिक अन्तर्विरोधको समाधान गर्‍यो। फाङ ला तथा सोङ च्याङको नेतृत्वमा रहेका किसान विद्रोहले तत्कालीन सोङ राजवंशको राजा ह्वैको भ्रष्टाचारी कालो शासनको विरोध गरे। जीन राज्यले पै सोङलाई नष्ट पारेपछि नान सोङले याङ्ग सी नदीदेखि दक्षिण तिर रही उत्तरतिर गई देशलाई एकीकरण गर्ने विचार गरेको थियो। सोही अवधिमा छि तान मानिसहरुले चीनको उत्तरी क्षेत्रमा ल्याउ राज्य(947-1125)को स्थापना गरे र ताङ स्याङ मानिसहरुले सोङको उत्तर-पश्चिमी क्षेत्रमा सि स्या राज्य(1038-1127)को स्थापना गरे। सोङ, ल्याउ तथा सि स्या यी तीनवटा शासन एकै अवधिमा देखा परे। सन् 1115मा न्यु चनले उत्तरी क्षेत्रमा जीन राज्य(1115-1234)को स्थापना गर्‍यो। जीन राज्यको शासनको 125 वर्षमा ल्याउलाई नष्ट पार्‍यो। सन 1127मा पै सोङको राजधानी खाइ फङमा प्रवेश गरी पै सोङका दुइजना राजालाई पक्राउ गरी लगेको थियो। जसले गर्दा पै सोङको अन्तय भयो। सोङ राजवंशका सोङ काउ चु चाउ कौले नान चीनमा (अहिलेको ह नान प्रान्तको शाङ छ्यौ)मा राज्यारोहण गरेर लीन आन(अहिले हान चौ) तिर भागे अनि याङ्ग सी नदीको दक्षिणी किनारातिर बस्न थाले। त्यसपछि नान सोङ राजवंश शुरु भयो। नान सोङका प्रसिद्ध कमाण्डर वे फैले उत्तरी क्षेत्रतिर गएर जीन राज्यसँग संघर्ष गरे। तर उनको कार्वाही प्रशासनिकहरुका आँखामा नान सोङको अझ राम्ररी संरक्षण गर्नु मात्र थियो। नान सोङ राजवंशको अन्तमा मन्त्री च्या स ताउले भ्रष्टाचार गरेका कारण नान सोङ राजवंशको अन्त्यतिरको गति तिव्र भयो।