पुष्प मेला सम्पन्न
2022-10-27 17:27:25cri
Share with:

ललितपुरको जावलाखेल मैदानमा गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्धन गर्ने उद्देश्यले १५ औं गोदावरी पुष्प मेला सम्पन्न भएको छ। यस मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी ५५ स्टल रहेको मेला संयोजकले जानकारी दिएका छन्। यसर्थ ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारा रहेको प्रदर्शनीले पुष्प व्यवसाय प्रवद्र्धन गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा लिइएको थियो । मूलत: तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी गरिएको हो।


यो मेला विगत वर्षहरूमा कोरोनाको कारण हुन सकेको थिएन । यसरी यो फूलक्षेत्रको मुख्य पर्वजस्तै मानिएको मेला यस वर्ष मेला आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ । नेपालीहरूको नजिकिँदै आएको महान् पर्व तिहारलाई लक्षित गरी कात्तिक ३ देखि ६ गतेसम्म चार दिन सञ्चालन भएको छ। उक्त पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समयअनुकूल व्यावसायिकतातर्फ उन्मुख गर्न फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागि यस प्रदर्शनीको उल्लेखनिय योगदान रहेको सम्बन्धित क्षेत्रले जानकारी दिएको छ। उक्त मेला पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घरआँगन तथा बगैंचा सजाउन चाहने, फूलबिरुवाप्रति अभिरुचि राख्ने, यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति उपयोगी भएको बताइएको छ। तसर्थ देश गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन । फलत: आधुनिक तरिकाले फूलखेती गर्न फूल किसानलाई सरकारले सक्दो सहयोग गर्न तिहारलाई लक्षित गर्दै आयोजना गरिएको मेलामा सयपत्री, मखमली र गोदावरीका फूलहरू प्रदर्शनी गरिएका छन्। कारोबार अनलाइन।