यान आन क्रान्तिकारी स्मारक स्थलमा श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पार्टी निर्माणको महान् भावना र यान आनको भावनाको प्रवर्द्धनमा जोड
2022-10-28 10:27:26cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन हालै मात्र सम्पन्न भएको हो। उक्त महाधिवेशन सम्पन्न भएको एक साता पनि नबित्दै चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्यहरुले पल्लो शान सीको यान आनमा क्रान्तिकारी स्थलहरुको अवलोकन गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङ र अन्य सदस्यहरु सर्वप्रथम चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ महाधिवेशन आयोजित स्थल जानुभएको थियो। सो स्थलमा सन् १९४५को अप्रिलदेखि जुनसम्म सातौँ पार्टी महाधिवेशन आयोजना भएको थियो। त्यसपछि, राष्ट्राध्यक्ष सी चिन फिङ र अरू सदस्यहरू माउ च तोङ तथा अन्य क्रान्तिकारीहरूको निवास स्थलको भ्रमन गर्नुका साथै क्रान्तिकारी स्थलको संरक्षणको बारेमा जानकारी लिनुभएको थियो। त्यसपछि राष्ट्राध्यक्ष सी चिनफिङ र अन्य सदस्यहरूले "यान आनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तेह्र वर्षसम्मको महान् यात्रा - इतिहास प्रदर्शनी" अवलोकन गर्न यान आन क्रान्तिकारी मेमोरियल हल जानुभएको थियो।

 

भ्रमणको अन्त्यमा राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको थियो। उहाँले यान आन चिनियाँ क्रान्तिको पवित्र भूमि र नयाँ चीनको जन्मभूमि भएको बताउनुभयो। उहाँले दृढ र सही राजनीतिक अभिमुखीकरण यान आन आत्माको सार हो भनेर औँल्याउनुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले वर्तमान र भावी अवधिका लागि पार्टी र देशका प्रमुख नीतिहरू तर्जुमा गरेको र चिनियाँ राष्ट्रको महान् पुनरुत्थानलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने ठूलो खाका तयार गरेको कुरामा जोड दिनुभयो।“अब नयाँ यात्रामा लागौँ, नयाँ लक्ष्यतर्फ प्रस्थान गरौँ” उहाँले भन्नुभयो।