अमेरिकी राजनीतिक क्षेत्रमा जताततै “शेयर भगवान”
2022-10-28 19:06:04cri
Share with:

अमेरिकामा “क्यापिटल हिलका शेयर मार्केट भगवान्”बारे चर्चा गर्दा अमेरिकीहरुले सर्वप्रथम अमेरिकी काँग्रेसकी सभामुख नान्सी पेलोसीको परिवारको सम्झना गर्छन्। तथापि वास्तवमा वाशिन्टनका स्टक भगवान उहाँको परिवार र क्यापिटल हिलमा मात्र सीमित छैन।

 

सन् २०१६ देखि २०२१ को अवधिमा करिब १२ हजार अमेरिकी सरकारी अधिकृतको वित्त प्रतिवेदनका अनुसार, पाँच भागमध्येको एक भागभन्दा बढी अधिकृतले लिएको अथवा कारोबार गरेको शेयरको भाउ उनीहरुको संस्थाको निर्णय बमोजिम परिवर्तन भएको छ।

 

अमेरिकी राजनीतिक क्षेत्रमा निरन्तर रुपमा देखा परेका स्टक भगवानहरुप्रति अमेरिकी समाजले कडा असन्तोष व्यक्त गरेको छ। वाशिन्टनका “स्टक भगवानहरुले” पैसा र अधिकारको कारोबार गरी लोभी मुसा जस्तै अमेरिकीहरुको हित र अमेरिकी राष्ट्रिय व्यवस्थाको लगातार उल्लंघन गर्दै आएका छन्। अमेरिकी राजनीतिज्ञहरुले गुप्त खबरमार्फत शेयरको कारोबार गर्ने कुरा बन्दुक हानाहान र राजनीतिक घुससँगै अमेरिकी समाजमा उपचार गर्न नसक्ने रोग बन्न सक्ने विश्लेषण गरिएको छ। अमेरिकी सर्वेक्षण निकाय गालुपको पछिल्लो जनमतका अनुसार, अमेरिकी काँग्रेसप्रति अमेरिकीहरुको विश्वास दर इतिहासको न्युनतम स्तर ७ प्रतिशतमा झरेको छ।

 

अमेरिकी राजनीतिज्ञहरुले गुप्त खबरमार्फत शेयरको कारोबार गर्नु एक किसिमको “नीतिगत भ्रष्टाचार” हो। तिनीहरुले खुला रुपमा भ्रष्टाचार गरेतापनि उनीहरुमाथि कुनै पनि दण्ड नभएको कुराबाट अमेरिकी व्यवस्था काम नलाग्ने भएको र राजनीतिक स्खलन भएको देखिन्छ।