चीनको पाण्डा बेल्जियम लगिएबाट दुई मुलुकका जनताबीचको गहिरो मित्रता देखिएको
2022-10-28 10:16:04cri
Share with:

बेल्जियमको पाइरी डाइजाको पाण्डा पार्क “सिङव्है” र “हाउहाउ” नामक पाण्डा र तिनीहरूका तीन जना बच्चा बस्ने ठाउँ हो। सन् २०१४ मा बेल्जियमको राजकीय भ्रमणको दौरानमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्जियमका राजा फिलिप लेओपोर्ड लुइस मारीसँग पाइरी डाइजाको पाण्डा पार्क उद्घाटन समारोहमा भाग लिनुभएको थियो। पाइरी डाइजाका निर्देशक एरिक डोम्बलाई त्यस अवधिको सिँहावलोकन गर्दा सधैँ नै खुशी लाग्छ। उहाँको विचारमा राष्ट्राध्यक्ष सी चिनफिङको बेल्जियमको भ्रमणले यूरोप र चीनका जनताहरूबीच समझदारी बढाएको छ। उक्त भ्रमण जनताहरूबीचको आदान-प्रदानका लागि महत्वपूर्ण अर्थ बोकेको छ।

 

बेल्जियमको भ्रमण दौरान राष्ट्राध्यक्ष सीले भन्नुभयो, पाण्डा मित्रताका दूत हो। “सिङव्है” र “हाउहाउ” नामक पाण्डा बेल्जियम ल्याएको कुराबाट बेल्जियमका जनताप्रति चिनियाँ जनताको गहिरो मित्रता देखिएको छ। उहाँले बेल्जियमका बालबालिकाले “सिङव्है” र “हाउहाउ” नामक पाण्डा मन पराउने तथा चीन र चिनियाँ संस्कृतिलाई माया गर्ने आशा व्यक्त गर्नुभयो।

 

डोम्बकाअनुसार, राष्ट्राध्यक्ष सीको इच्छा साकार भइसकेको छ। पाण्डा बेल्जियमको “नम्बर एक सुपर स्टार” बनिसकेको छ। चिनियाँ पाण्डाले बेल्जियम र वरिपरिका अरु यूरोपेली मुलुकका सर्वसाधारणलाई आकर्षित गरेको छ।

 

पाइरी डाइजाका जनावर विशेषज्ञ टिमले पाण्डा बेल्जियम र चीनबीचको मित्रताको द्योतक भएको भन्दै पाण्डालाई बेल्जियमको वातावरण सुहाएकोमा उहाँलाई धेरै खुशी लागेको बताउनुभयो। टिम भन्नुहुन्छ

आवाज चार

““सिङव्है” र “हाउहाउ” नामक दुई वटा पाण्डा बेल्जियम आएकोमा हामीलाई खुशी लागेको छ।”

 

सन् २०१४को उत्तरार्धदेखि चिनियाँ वैज्ञानिक लिउयाङले पाइरी डाइजा गई पाण्डाको हेरचाहको जिम्मा लिन थाल्नुभएको छ। उहाँले पत्रकारसँग कुराकानी गर्दै पाण्डाका कारण बेल्जियम र यूरोपेलीका सर्वसधारणले चीन र चीनको संस्कृतिबारे जानकारी लिन थालेको बताउनुभयो। लिउयाङ भन्नुहुन्छ

आवाज पाँच

“मैले यहाँ धेरै साथीहरू पाएँ। पाण्डाका कारण हामी साथी बनेका छौँ। उनीहरू पाण्डाका फ्यान हुन्। उनीहरूले चीनप्रति राम्रो छाप पाएका छन्। उनीहरूले सछ्वान जाने आशा राखेका छन्।”

 

पाइरी डाइजाका निर्देशक डोम्बले पत्रकारसँग भन्नुभएअनुसार, बेल्जियम र चीन, यूरोप र चीनबीचको विकासको ठूलो निहित शक्ति छ। मानव र संस्कृतिको आदान-प्रदान र लोक क्षेत्रको आवत-जावत दुई पक्षको सम्बन्धको विकासको महत्वपूर्ण कारक-तत्व हो। राष्ट्राध्यक्ष सीको बेल्जियमको भ्रमणले यूरोप र चीनका जनताहरूबीचको समझदारीलाई बढाएको छ। उहाँले पाण्डा र “चिनियाँ पार्क” मार्फत चीनको कथा सुनाउने, यूरोप र चीनको सम्बन्धको विकासका लागि योगदान दिने आशा व्यक्त गर्नुभयो।

 

प्रिय श्रोता, तपाईँले भर्खरै सुन्नुभयो- पाण्डा पार्क यूरोप र चीनका जनताहरूबीचको पुलबारेको दोस्रो भाग। यसका साथै यस सम्बन्धी प्रसङ्ग सकिएको छ। हवस्त, आजको आँखी झ्याल कार्यक्रम पनि यहीँ पूरा हुन्छ। कार्यक्रमबाट म प्रतिभालाई विदा दिनुहोस्। नमस्ते।