बन्दुक त्रासदीको कालो छायाँमा ढाकिएका अमेरिकी बालबालिकालाई कसरी जोगाउने?
2022-10-29 17:45:32cri
Share with:

“आमाबुवाहरूले हरेक दिन ब्युँझने बित्तिकै आफ्ना छोराछोरी बन्दुक काण्डको फेला नपरून् र छोराछोरीको स्कूलमा कुनै पनि बन्दुक हानाहानको घटना नहोस् भनेर प्रार्थना गर्ने गर्दछन्।” एकजना अमेरिकी सांसदले बन्दुक धम्कीबाट अमेरिकीमाथि ल्याइएको ठूलो कालो छायाँबारे मूल्याङकन गर्दै यसरी भनेका छन्।

 

अमेरिकी लोक संस्था अर्थात् “के-१२ स्कूलमा गोली हानाहान सम्बन्धी डाटा भण्डार” को पछिल्लो तथ्याङकका अनुसार, यसै वर्षको अन्त्यसम्म अब २ महिनाभन्दा लामो समय मात्र बाँकी रहे तापनि चालु वर्षयता अमेरिकामा २६० भन्दा बढी स्कूलको बन्दुक हानाहान घटना देखापरेका छन्। त्यसले एक वर्षभित्रै स्कूलमा सबभन्दा ठूलो संख्याको गोली हानाहान घटना देखा परेको नयाँ कीर्तिमानको पनि सिर्जना गरेको छ। बितेका केही दिनयता धेरैपटक स्कूलमा गोली हानाहानका घटना देखा परेका थिए। विशेषत: गत २४ तारिख मिसुरी राज्यको सेन्ट लुइस शहरमा अवस्थित एउटा हाई स्कूलमा गएको गोली हानाहान घटनामा परी शंकास्पद व्यक्ति लगायत ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएका थिए।

 

अमेरिकामा देखा परेका गोली हानाहानका घटनाबाट बालबालिका अझ विशेषगरी युवा युवतीका लागि पुर्याइएको हानी कल्पनाभन्दा अझ गम्भीर छ। अमेरिकी राजनीतिज्ञहरूका लागि यस्ता हिँसाजन्य समस्याको समाधान गर्न सर्वसाधारणको सेवा गर्ने कडा दृढता जाग्नुपर्छ। तर उनीहरूले दिनभरि आफ्नो राजनीतिक हितका लागि प्रयास गरेका छन्। सर्वसाधारणका सम्बन्धमा उनीहरूको बोली अनुरुप व्यवहार चाहिँ पटक्कै मिल्दैन।