राष्ट्राध्यक्ष सी चिन फिङद्वारा दक्षिण कोरियाको सिउलमा भएको भागदौड घटनाप्रति दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई समवेदना सन्देश
2022-10-30 18:45:07cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज अक्टोबर ३० तारिख दक्षिण कोरियाको सिउलमा भएको भागदौड घटनामा परी धेरै जना हताहत भएकोमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई समवेदना सन्देश पठाउनुभएको छ।

 

सन्देशमा राष्ट्राध्यक्ष सीले दक्षिण कोरियाको सिउलमा भएको भागदौड घटनामा परी धेरै जना हताहत भएको थाहा पाएपछि चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृत्यु भएकाहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका आफन्तजन तथा घाइतेहरुलाई हार्दिक सान्त्वना व्यक्त गर्नुभयो। यस घटनामा परी केही चिनियाँहरुको मृत्यु अथवा घाइते भएकोमा दक्षिण कोरियाले भ्याएसम्म उनीहरुको उपचार गर्नसक्ने आशा आफूले गरेको पनि उहाँले प्रकट गर्नुभयो।

 

आज राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङले दक्षिण कोरियाका प्रधानमन्त्री हान डाक सुलाई समवेदना सन्देश पठाउनुभयो।