ब्रलाजिलका नव नियुक्त राष्ट्रपतिलाई सी चिनफिङको बधाइ
2022-10-31 18:59:27cri
Share with:

अक्टोबर ३१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिल संघीय गणतन्त्रका नव नियुक्त राष्ट्रपति लुइस इनासियो लुला दासिल्भालाई बधाइ सन्देश पठाउनुभएको छ।

सी चिनफिङले चीन र ब्राजिल विकासोन्मुख मुलुक र महत्वपूर्ण उदीयमान बजार मुलुक रहेको भन्दै दुई देशबीच व्यापक साझा हित र जिम्मेवार रहेको र दौत्य सम्बन्ध स्थापना भएको ४८ वर्षयता दुई देश सरकार र समाजका विभिन्न पक्षका संयुक्त प्रयासमा चीन-ब्राजिल सम्बन्धको असल विकास र विभिन्न क्षेत्रका फलदायी उपलब्धि पाएको उल्लेख गर्नुभयो। उहाँले चीन र ब्राजिलबीच मैत्रीपूर्ण सम्बन्ध विकास भइरहनुका साथै आपसी हितयुक्त सहयोगलाई गहन पार्नु नै दुई देश तथा दुई देशका जनताको मूल हितसँग अनुकूल रहेको कुरामा जोड दिनुभयो। उहाँले क्षेत्रीय तथा विश्वको शान्तिको संरक्षण गर्न र संयुक्त विकास तथा समृद्धिलाई बढाउन दुई देशबीचको मैत्री सम्बन्धले मद्दत दिने विचार व्यक्त गर्नुभयो। आफूले चीन-ब्राजिल सम्बन्ध विकासमा उच्च ध्यान दिनुका साथै राष्ट्रपति लुलासँग मिलेर रणनीतिक उचाइ तथा दीर्घकालीन दृष्टिबाट चीन-ब्राजिल चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा उकालेर दुई देश तथा दुई देशका जनतालाई लाभ पुर्याउने इच्छा लिएको राष्ट्राध्यक्ष सी चिनफिङले औँल्याउनुभयो।